काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेखनीय गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा १८ हजार ८ सय रुपैयाँले घट्दै प्रतितोला तीन लाख रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि शुक्रबार सुन प्रतितोला तीन लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । केही दिनयता निरन्तर उतार-चढाव देखिएको सुनको मूल्य आज ठूलो मात्रामा घटेको महासङ्घले जनाएको छ ।
यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदीको मूल्य तोलामा १ हजार ५ सय ६५ रुपैयाँले घटेर प्रतितोला पाँच हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला सात हजार ६५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य घटबढ, डलरको विनिमय दर र माग–आपूर्तिको अवस्थाले स्थानीय बजारमा सुनचाँदीको मूल्य प्रभावित भएको व्यवसायीहरू बताउँछन् । मूल्यमा आएको गिरावटपछि सुनचाँदी खरिद गर्न उपभोक्ताको चासो बढ्न सक्ने व्यवसायीहरूको अनुमान छ ।

















प्रतिक्रिया