१८ माघ २०८२, आइतबार | February 1, 2026

बाँकेमा निर्वाचन आचासंहिता पालनामा कडाइ



नेपालगन्ज । निर्वाचन आचारसंहिता पालना गर्न बाँकेमा कडाइका साथ निगरानी सुरु गरिएको छ ।

निर्वाचन आयोगले गठन गरेको निर्वाचन आचारसंहिता अनुगमन समितिले बाँकेको निर्वाचन क्षेत्र नं २ र ३ मा मौखिक उजुरी आएको जानकारी दिएको छ ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी तथा अनुगमन समितिका अधिकृत पूृर्णबहादुर खत्रीले विद्यालयमा कार्यक्रम गरेको, पालिका वडाध्यक्षले पालिकामा प्रचारप्रसार गरेको र पालिकाको डोजर तथा टिपर प्रयोग गरेर सडक ग्राभेल गरेकोलगायत उजुरी आएको बताए । उनले आचारसंहिताविपरीत सबै काम बन्द गरिएको उल्लेख गर्दै सम्बन्धितलाई सचेत बनाइएको जानकारी दिए ।

“हामीले स्थलगत अनुगमन पनि गर्छौं, तर अहिले सूचना र जानकारी आएका आधारमा हामीले काम गरिरहेका छौँ”, निर्वाचन आचारसंहिता अनुगमन समितिका अधिकृत खत्रीले भने । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष भयरिहत वातावरणमा सम्पन्न गराउने उद्देश्यले निर्वाचन आचारसंहिता पालना गर्न अनुगमन समितिले जिल्लामा आग्रह गरेको छ ।

निर्वाचन आयोगले बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी खत्री र कोष तथा लेखा नियन्त्रण कार्यालय प्रमुख सर्वोदय उपाध्यायलाई अनुगमन अधिकृतका रुपमा तोकेको छ । अनुगमन समितिका अनुसार निर्वाचन प्रचारप्रसारको काम आगामी फागुन ४ देखि १८ गतेसम्म मात्रै गर्न पाउने कानुनी प्रावधान रहेको छ । निर्वाचन आयोगद्वारा जारी भएको निर्वाचन आचारसंहिता माघ ४ गतेदेखि नै लागू भएको छ ।

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  १ : ३३ बजे

पाल्पाका अधुरा विकास आयोजना पूरा गर्न निर्वाचनमा होमिएको हुँ : नेकपा उम्मेदवार सोमप्रसाद पाण्डे

बुटवल । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का पाल्पा क्षेत्र नम्बर-२

आठौँ शताब्दी पुरानो एकमहिने मेला त्रिवेणीधाममा सम्पन्न

भक्तपुर । हनुमानघाटस्थित त्रिवेणीधाममा आजदेखि एकमहिने कठिन माधवनारायण मेला एवं

बालेनको चुनावी प्रचारका क्रममा अछाममा बेहोस भएका पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

ल्याण्डमार्क स्पेल-बी च्याम्पियनसिपको उपाधि कान्ति माविलाई

बुटवल । ल्याण्डमार्क एजुकेशन कन्सलटेन्सीले आफ्नो २६ औँ स्थापना दिवसको

मुग्लिन–मलेखु सडकको काम तीन वर्षमा ३७ प्रतिशत मात्र

चितवन । पृथ्वी राजमार्गअन्तर्गतको नागढुङ्गा–मलेखु सडकको काम सम्झौताअनुसार भएको भए