१८ माघ २०८२, आइतबार | February 1, 2026

ल्याण्डमार्क स्पेल-बी च्याम्पियनसिपको उपाधि कान्ति माविलाई



बुटवल । ल्याण्डमार्क एजुकेशन कन्सलटेन्सीले आफ्नो २६ औँ स्थापना दिवसको अवसरमा आयोजना गरेको तेस्रो संस्करणको स्पेल–बी च्याम्पियनसिप को उपाधि बुटवलस्थित कान्ति माध्यमिक विद्यालयले जितेको छ ।

शनिबार बुटवलमा सम्पन्न प्रतियोगितामा २३ वटा विद्यालयलाई पछि पार्दै कान्ति माविका विद्यार्थीहरू विजेता बनेका हुन् । उपाधिसँगै विद्यालयले नगद २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।

कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूबीच अंग्रेजी शब्दको सही स्पेलिङ गर्ने प्रतिस्पर्धात्मक प्रतियोगितामा सहभागी विद्यालयबाट उत्कृष्ट ५÷५ जना विद्यार्थी सहभागी थिए । प्रतियोगितामा मणिमुकुन्द कलेजले दोस्रो स्थान हासिल गर्दै १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ भने न्यू होराइजन माध्यमिक विद्यालय तेस्रो हुँदै ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्न सफल भएको ल्याण्डमार्क बुटवल शाखा प्रमुख सागर बस्यालले जानकारी दिए ।

विद्यार्थीहरूमा अध्ययनप्रतिको रुचि बढाउने, भाषिक दक्षता अभिवृद्धि गर्ने तथा शैक्षिक संस्थाहरूबीच आपसी सम्बन्ध विस्तार गर्ने उद्देश्यले तेस्रो संस्करणको रूपमा प्रतियोगिता आयोजना गरिएको बस्यालले बताए ।

प्रतियोगितामा विजेता विद्यार्थीहरूलाई तिलोत्तमा क्याम्पसका पूर्व प्रमुख प्रा.डा. आरसी आचार्य, न्यू होराइजन माध्यमिक विद्यालयका सह-प्राचार्य इन्द्र भुसाल तथा ल्याण्डमार्क एजुकेशन कन्सलटेन्सीका सञ्चालक तथा इम्पेरियल वल्र्ड स्कुल काठमाडौंका सञ्चालक कुमार कार्कीले पुरस्कार वितरण गरेका थिए ।

अस्ट्रेलिया र नेपालका पाँच वटा शहरमा शाखा कार्यालय सञ्चालन गर्दै आएको ल्याण्डमार्क एजुकेशन कन्सलटेन्सीले अस्ट्रेलिया, क्यानडा, यूके र यूएस जान चाहने विद्यार्थीहरूलाई शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको छ । संस्थाले वार्षिक एक हजारभन्दा बढी विद्यार्थीलाई विदेश अध्ययनका लागि परामर्श सेवा प्रदान गर्दै आएको जनाएको छ । साथै आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई आवश्यक परेमा विदेश अध्ययनका लागि ऋण लगानी समन्वय समेत गर्दै आएको छ ।

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  १ : ४७ बजे

पाल्पाका अधुरा विकास आयोजना पूरा गर्न निर्वाचनमा होमिएको हुँ : नेकपा उम्मेदवार सोमप्रसाद पाण्डे

बुटवल । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का पाल्पा क्षेत्र नम्बर-२

आठौँ शताब्दी पुरानो एकमहिने मेला त्रिवेणीधाममा सम्पन्न

भक्तपुर । हनुमानघाटस्थित त्रिवेणीधाममा आजदेखि एकमहिने कठिन माधवनारायण मेला एवं

बालेनको चुनावी प्रचारका क्रममा अछाममा बेहोस भएका पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

ल्याण्डमार्क स्पेल-बी च्याम्पियनसिपको उपाधि कान्ति माविलाई

बुटवल । ल्याण्डमार्क एजुकेशन कन्सलटेन्सीले आफ्नो २६ औँ स्थापना दिवसको

मुग्लिन–मलेखु सडकको काम तीन वर्षमा ३७ प्रतिशत मात्र

चितवन । पृथ्वी राजमार्गअन्तर्गतको नागढुङ्गा–मलेखु सडकको काम सम्झौताअनुसार भएको भए