१८ माघ २०८२, आइतबार | February 1, 2026

बालेनको चुनावी प्रचारका क्रममा अछाममा बेहोस भएका पत्रकार दिनेश सिटौलाको निधन



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन)सँग चुनावी प्रचारमा हिँडिरहेका पत्रकार दिनेश सिटौलाको निधन भएको छ । अछाममा अचानक बेहोस भई ढलेका सिटौलालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी सुर्खेत हुँदै काठमाडौं ल्याइए पनि उपचारका क्रममा आइतबार उनको निधन भएको हो ।

काठमाडौंस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका अनुसार ४५ वर्षीय सिटौलालाई आइतबार दिउँसो १२ बजेर ४५ मिनेटमा मृत घोषणा गरिएको हो । अस्पतालले ब्रेन हेमरेजका कारण उनको निधन भएको जनाएको छ ।

सिटौला शुक्रबार बिहान अछाम सदरमुकाम मंगलसेनमा बेहोस भएका थिए । त्यसपछि उनीलाई सोही दिन दिउँसो नेपाली सेनाको स्काई ट्रक हेलिकोप्टरमार्फत काठमाडौं ल्याएर ग्रान्डी अस्पतालको भेन्टिलेटरमा राखी उपचार थालिएको थियो । तर, चिकित्सकको प्रयास सफल हुन सकेन ।

पछिल्लो समय सिटौला नेपाली फिल्म क्षेत्रसँग जोडिएर मिडिया संयोजकका रूपमा सक्रिय थिए । उनले एक सिनेमा केन्द्रित अनलाइन समाचार माध्यमसमेत सञ्चालन गर्दै आएका थिए । पत्रकारिता र मनोरञ्जन क्षेत्र दुवैमा उनको सक्रिय उपस्थितिलाई स्मरण गरिन्छ ।

बालेन्द्र साहसँग निकट रहेर काम गर्दै आएका सिटौला राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानका क्रममा पश्चिम नेपाल पुगेका थिए । उनको असामयिक निधनले पत्रकारिता क्षेत्रसँगै राजनीतिक वृत्तमा पनि शोकको वातावरण सिर्जना गरेको छ ।

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  २ : ०१ बजे

रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१

नाम्चेस्थित एभरेष्ट भ्यू प्वाइन्टबाट देखिएको हिमाल

सोलुखुम्बु । सोलुखुम्बुको प्रमुख पर्यटकीय केन्द्र नाम्चे बजार नजिकै अवस्थित

माधवकुमार नेपालसहित ९३ प्रतिवादीको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने विशेष अदालतको आदेश

काठमाडौं । विशेष अदालतले नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक तथा पूर्वप्रधानमन्त्री

पाल्पाका अधुरा विकास आयोजना पूरा गर्न निर्वाचनमा होमिएको हुँ : नेकपा उम्मेदवार सोमप्रसाद पाण्डे

बुटवल । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का पाल्पा क्षेत्र नम्बर-२

आठौँ शताब्दी पुरानो एकमहिने मेला त्रिवेणीधाममा सम्पन्न

भक्तपुर । हनुमानघाटस्थित त्रिवेणीधाममा आजदेखि एकमहिने कठिन माधवनारायण मेला एवं