१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

सर्वोच्चले अन्तरिम आदेश नदिँदा रेशम चौधरी फागुन २१ को चुनावबाट बाहिर



काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको पक्षमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । यससँगै आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएका छन्।

आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले चौधरीको उम्मेदवारी खारेजविरुद्ध दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।

सर्वोच्चको आदेशमा संविधान, मुलुकी फौजदारी कार्यविधि संहिता तथा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐनका विभिन्न धाराहरूको व्याख्या अन्तिम सुनुवाइका क्रममा मात्र हुने भएकाले सुविधा सन्तुलनका आधारमा तत्काल अन्तरिम आदेश दिनुपर्ने अवस्था नरहेको उल्लेख गरिएको छ।

चौधरीले कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका थिए । तर माघ ८ गते निर्वाचन अधिकृतको कार्यालयले उनको मनोनयनपत्र खारेज गरेको थियो। उक्त निर्णय बदर गर्न माग गर्दै चौधरीले माघ ९ गते सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए।

प्रकाशित मिति : २५ माघ २०८२, आइतबार  ५ : ३९ बजे

सदनमा देखिने छन् अधिकांश नयाँ विधायक

काठमाडौँ । प्रतिनिधिसभा सदस्यमा आज पद तथा गोपनीयताको शपथ लिने

लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा उत्कृष्ट

बुटवल । यहाँको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल सेवा तथा सुविधाका

जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति

काठमाडौँ । नेपाल बार एसोसिएसनले गत भदौ २३ र २४

मातृभाषामा शपथ खाने साँसदहरुको संख्या ६३ पुग्यो

काठमाडौं । संघीय संसद अन्तर्गत नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरु मध्य ६३

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट भएको