२९ माघ २०८२, बिहिबार | February 12, 2026

स्थानीयतहमा अर्घाखाँचीको पाणिनि गाउँपालिका देशभरिकै अब्बल (सूचीसहित)

रुपन्देहीमा सिद्धार्थनगर र बाँकेमा खजुरा जिल्ला प्रथम



काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको स्थानीय तहको कार्य सम्पादन मूल्यांकनमा अर्घाखाँचीको पाणिनि गाउँपालिका देशभरिकै सबैभन्दा अब्बल सावित भएको छ । आयोगले गरेको ७ सय ५३ स्थानीय सरकारमध्ये कार्यसम्पादन मूल्यांकनमा अर्घाखाँचीको पाणिनि गाउँपालिका देशभरिकै सबैभन्दा अब्बल सावित भएको हो ।

आयोगले प्रकाशित गरेको मूल्यांकन तालिका अनुसार पाणिनि गाउँपालिकाले कुल ८३.८४ अंक प्राप्त गरी पहिलो स्थानमा रहेको छ । आयोगले बिहीबार स्थानीयतहको कार्य सम्पादन मूल्यांकनको नतिजा सार्वजनिक गरेको हो ।

८० अंक कटाउने देशभरि चार स्थानीय तह छन् । जसमा अर्घाखाँचीको एक, गुल्मीका २ र रुकुम पश्चिमको एक गाउँपालिका छ ।

आयोगले स्थानीय तहका हकमा कुल १७ सूचकमा मूल्यांकन गरेकोमा रुकुमश्चिमको चौरजहारी नगरपालिकाले ८२.१५ अंक ल्याएर दोस्रो स्थानमा छ । गुल्मीको मालिका गाउँपालिकाले ८१.९८ प्रतिशत र धुर्कोट गाउँपालिकाले ८०.५२ प्रतिशत अंक ल्याएर उत्कृष्ट गाउँपालिकाको सूचीमा अगाडि छन् ।

सूचकहरुमा १० असारभित्र बजेट सार्वजनिक गरेरनगरेको, असार मसान्तभित्र बजेट पास गरेरनगरेको, आर्थिक वर्ष २०८१/८२ मा घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करबापत उठेको रकमध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिक प्रदेश सञ्चित कोषमा दाखिला गरेरनगरेको समेत मूल्यांकनको सूचक मानिएको छ ।

आगामी आवको बजेट प्रक्षेपण सहित विवरण अर्थ मन्त्रालयमा बुझाएरनबुझाएको, बजेट समीक्षा गरी कात्तिक मसान्तभित्र सार्वजनिक गरेरनगरेकोलाई समेत सूचक मानिएको छ ।

यसबाहेक राजस्व परिचालन, बजेट खर्चको अवस्था, बेरुजु, सूत्र सफ्टवेयर प्रयोग, विद्यार्थी भर्ना दर, कक्षा ९ मा विद्यार्थी टिकाउ दर, गर्भ जाँच गर्ने महिला अनुपात, एसईई परीक्षाको नतिजा, खोप लगाएका बालबालिकाको अनुपात समेत आयोगले मूल्यांकनका आधार मान्ने गरेको छ । कार्यसम्पादन मूल्यांकनमा मधेस प्रदेशका अधिकांश स्थानीय तहको अंक कमजोर आएको छ ।

मूल्यांकन अनुसार रुपन्देही जिल्ला अन्तर्गत सिद्धार्थनगर नगरपालिका ले ६८.४६ अंकका साथ जिल्लामा प्रथम, तिलोत्तमा ६६.५४ अंकका साथ दोस्रो र कञ्चन गाँउपालिकाले ६४.५५ अंक पाएर तेस्रो बनेको छ । त्यसैगरि बाँकेको खजुरा गाँउपालिकाले जिल्लमा ७१.९९ अंकका साथ प्रथम बनेको छ भने कोहलपुर नगरपालिका ६५.७६ अंकका साथ दोस्रो भएको छ । त्यसैगरि बैजनाथ गाँउपालिका ६४.०६ अंकका साथ तेस्रो बनेको छ ।

देशका ६ वटा महानगरपालिकामध्ये कार्यसम्पादन मूल्याङ्कनमा मोरङको विराटनगर महानगरपालिका उत्कृष्ट बनेको छ । त्यस्तै सबैभन्दा कमजोर काठाडौँ महानगरपालिका रहेको पाइएको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले विभिन्न १७ सूचक आधार मानेर तयार गरेको मूल्याङ्कन रिपोर्टका अनुसार विराटनगरले ७८।११ अङ्क पाएर पहिलो स्थान कायम गरेको हो ।

त्यसैगरी दोस्रो स्थानमा ललितपुर महानगरपालिका छ । ललितपुरले ७६.३३ प्रतिशत अङ्क पाएको छ । चितवनको भरतपुरले ६८.०४ अङ्क पाएर तेस्रो स्थान बनाएको छ ।

उता आर्थिक वर्षको प्रदेशगत कार्यसम्पादनमा सुदूरपश्चिम प्रदेशले सबैभन्दा बढी अङ्क प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको छ भने मधेस प्रदेश सबैभन्दा कमजोर देखिएको छ।

उक्त मूल्याङ्कनमा सुदूरपश्चिम प्रदेशले कुल ४५.७० अङ्क प्राप्त गरेको छ। त्यस्तै, कोशी प्रदेश ४४.२९ अङ्क सहित दोस्रो र बागमती प्रदेश ४२.४६ अङ्क सहित तेस्रो स्थानमा रहेका छन्।

आयोगको विवरण अनुसार गण्डकी प्रदेश ३७.९१, लुम्बिनी प्रदेश ३४.७१, कर्णाली प्रदेश ३२.२६ र मधेस प्रदेशले २७.२८ अङ्क पाएका छन् ।

आयोगले विभिन्न ११ सूचकका आधारमा प्रदेशहरूको कार्यसम्पादन मूल्याङ्कन गरेको हो । मूल्याङ्कनका लागि बेरुजुको अवस्था, स्थानीय तहलाई दिइएको अनुदान, राजस्व परिचालन, पुँजीगत खर्च लगायतका सूचक थिए ।

प्रकाशित मिति : २९ माघ २०८२, बिहिबार  ४ : ०२ बजे

रुकुमपूर्व पुगे प्रचण्ड, लुकुमका स्थानीयले गरे खाम मगर संस्कृतिअनुसार स्वागत

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा रुकुम पूर्वका उम्मेदवार

इटालीविरुद्ध नेपालको कमजोर ब्याटिङ, जम्मा १२३ रनको योगफल

काठमाडौं । आइसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत इटालीविरुद्धको खेलमा

यी संस्था र व्यक्तिसँग दल वा उम्मेदवारले चन्दा माग्न नपाउने

काठमाडौं । राजनीतिक दलहरुले निर्वाचन खर्चका लागि भन्दै आर्थिक सहयोग

डडेल्धुरामा गढ जोगाउन प्रयास गर्दै कांग्रेस

डडेल्धुरा । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा डडेल्धुरामा गढ जोगाउन प्रयासमा

हिउँले सेताम्मे मनाङका मतदान केन्द्र

मनाङ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको मिति