२९ माघ २०८२, बिहिबार | February 12, 2026

रुपन्देहीमा शुक्रबारदेखि सातौँ खड्गप्रसाद गौचन स्मृति यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदै



बुटवल । उमेर समूहका खेलाडीलाई प्रतिस्पर्धात्मक मञ्च उपलब्ध गराउने उद्देश्यसहित रुपन्देहीमा शुक्रबारदेखि सातौँ खड्गप्रसाद गौचन स्मृति यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु हुने भएको छ ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिँदै आयोजक स्टार क्रिकेट एकेडेमीका संरक्षक शक्ति गौचनले ५० ओभरको प्रतियोगिताले युवा खेलाडीलाई ब्याटिङ र बलिङ दुवै पक्षमा परिपक्व बनाउन सहयोग पुग्ने बताए । “केवल २० ओभरका खेलले पर्याप्त अनुभव दिँदैन, उमेर समूहका खेलाडीका लागि ५० ओभरको अभ्यास जरुरी छ,” उनले भने । रुपन्देहीबाट उमेर समूहमा खेलेका धेरै खेलाडीले पछिल्लो समय राष्ट्रिय टोलीमा दाबेदारी प्रस्तुत गरिरहेको पनि उनले उल्लेख गरे ।

एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगितामा काठमाडौं, रुपन्देही र पोखराबाट गरी ६ टोली सहभागी हुनेछन् । उद्घाटन खेलमा शुक्रबार नेपथ्य तिलोत्तमा क्रिकेट एकेडेमी र न्यु होराइजन स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा नेपथ्य तिलोत्तमा क्रिकेट एकेडेमी, न्यु होराइजन स्पोर्ट्स क्लब क्रिकेट, एक्सलेन्स सेन्टर काठमाडौं, पोखरा क्रिकेट एकेडेमी, रुपन्देही क्रिकेट र वेस्टर्न क्रिकेट एकेडेमीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको फाइनल खेल फागुन ९ गते आयोजना गरिने कार्यक्रम छ ।

प्रकाशित मिति : २९ माघ २०८२, बिहिबार  ६ : ४५ बजे

बागलुङमा स्कूल बस दुर्घटना; २३ विद्यार्थी घाइते, पाँचको अवस्था गम्भीर

बागलुङ । बागलुङ बजारमा स्कूल बस दुर्घटना हुँदा २३ विद्यार्थी

बदलिएर आएको काँग्रेस चुनावबाट पहिलो दल बन्छ : उपसभापति विश्वप्रकाश शर्मा

बुटवल । नेपाली काँग्रेसका उपसभापति विश्व प्रकाश शर्माले बदलिएर आएको

कार्यसम्पादन मूल्यांकनमा बुटवल उपमहानगर पहिलो, इटहरी सबैभन्दा पछाडी

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले देशभरका ११

बुटवलबासीसंग चीरपरिचित छु ,यहाँका समस्या समाधान गर्छु : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली काँग्रेस क्षेत्र नं. २ रुपन्देही अन्तर्गत बुटवल

रुपन्देहीमा शुक्रबारदेखि सातौँ खड्गप्रसाद गौचन स्मृति यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदै

बुटवल । उमेर समूहका खेलाडीलाई प्रतिस्पर्धात्मक मञ्च उपलब्ध गराउने उद्देश्यसहित