१८ चैत्र २०८२, बुधबार | April 1, 2026

आज बुटवल उपमहानगरपालिकाको ६७ औँ स्थापना दिवस



बुटवल । बुटवल उपमहानगरपालिकाले आज आफ्नो ६७ औँ स्थापना दिवस औपचारिक कार्यक्रमका बीच मनाउँदैछ । विगतका वर्षहरूमा भव्य समारोहसहित मनाइँदै आएको स्थापना दिवस यस वर्ष भने प्रतिनिधिसभा निर्वाचनको आचारसंहिता लागू भएका कारण सामान्य र संक्षिप्त रूपमा मनाइने भएको हो ।

उपमहानगरपालिकाले स्थापना दिवसको अवसरमा सप्ताहव्यापी रूपमा सञ्चालन गरिएका विभिन्न कार्यक्रम भने सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ । बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले निर्वाचन आचारसंहिताका कारण यस वर्ष स्थापना दिवसलाई संक्षिप्त तर सन्देशमूलक ढंगले मनाइने जानकारी दिए । उनले विगत वर्षहरूमा हासिल गरिएका प्रमुख उपलब्धिहरू स्थापना दिवसकै अवसरमा सार्वजनिक गरिने पनि बताए ।

उनका अनुसार “उज्यालो बुटवल” अभियान अन्तर्गत नगरका मुख्य चोक तथा सडक क्षेत्रमा एक सातासम्म सरसफाइ कार्यक्रम सञ्चालन गरिएको थियो । उक्त अभियानले शहरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने दीर्घकालीन लक्ष्यलाई थप सुदृढ बनाएको उनको भनाइ छ । साथै, उज्यालो शहर निर्माण अभियान अन्तर्गत सरसफाइ, हाईमास्ट बत्ती जडान तथा विभिन्न पूर्वाधार विकासका कामहरू प्रभावकारी रूपमा अघि बढाइएको पनि उनले जानकारी दिए ।

नगर प्रमुख पाण्डेयले बुटवल ऐतिहासिक, सांस्कृतिक तथा सभ्यताको महत्वपूर्ण केन्द्र भएको उल्लेख गर्दै जितगढी किल्ला र पुरानो बटौली क्षेत्रका ऐतिहासिक सम्पदाको संरक्षणलाई प्राथमिकतामा राखिएको बताए । बुटवललाई शिक्षा, स्वास्थ्य र खेलकुदको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित योजनाबद्ध रूपमा काम भइरहेको उनले स्पष्ट पारे ।

त्यसैगरी, उपप्रमुख सावित्रा आर्यालले शिक्षा, स्वास्थ्य, रोजगारी, महिला उद्यमशीलता तथा महिला सशक्तीकरणलाई नगरको प्रमुख प्राथमिकतामा राखिएको बताइन् । महिलाहरूको आर्थिक सशक्तीकरणबिना समग्र नगर विकास सम्भव नहुने उल्लेख गर्दै उनले महिला लक्षित कार्यक्रमहरूलाई थप प्रभावकारी बनाइने जानकारी दिइन् । साथै, शिक्षाको गुणस्तर सुधार तथा पहुँच विस्तारका लागि विशेष कार्यक्रम सञ्चालन गरिएको पनि उनले बताइन् ।

उपमहानगरपालिकाले स्थापना दिवसलाई उपलब्धिमूलक, सन्देशमूलक र विकासमुखी कार्यक्रममार्फत मनाउँदै बुटवललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित नगरका रूपमा पहिचान दिलाउने लक्ष्य लिएको जनाएको छ।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  ७ : ५२ बजे

बागलुङ कालिकामा चैतेदसैँमा ३७ लाख भेटी सङ्कलन

बागलुङ । चैतेदसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा रु ३७

अब बिचौलियालाई यातायात व्यवस्था कार्यालयमा प्रवेश निषेध

कञ्चनपुर । यातायात व्यवस्था कार्यालय महेन्द्रनगरले कार्यालय परिसरभित्र बिचौलियाको प्रवेश

सुनको मूल्य ७ हजार ४ सयले बढ्यो, चाँदीको मूल्य पनि बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य बढेको छ

खड्का-कोइराला पक्षीय कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक

वैशाख २ गतेदेखि जुम्लामा आर्थिक गणना

जुम्ला । आगामी वैशाख २ गतेदेखि असार ७ गतेसम्म जुम्लामा