५ फाल्गुन २०८२, मंगलबार | February 17, 2026

बुर्तिबाङ-ढोरपाटन सडक निर्माण धमाधम



बागलुङ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन जोड्ने सडक निर्माणले गति लिएको छ । लामो समयदेखि रोकिएको उक्त सडक निर्माणको काम गत मङ्सिरदेखि धमाधम भइरहेको छ ।

बुर्तिबाङ बजारदेखि ढोरपाटन देउरालीसम्मको २५ किलोमिटर सडक निर्माण दुई खण्डमा भइरहेको छ । रुपन्देहीको सालझण्डीदेखि ढोरपाटन जोड्ने गरी २०७८ सालमा निर्माण थालिएको उक्त सडकले तराई र पहाडलाई जोडेको छ । बुर्तिङबाङदेखि फल्लेघरसम्मको २२ किलोमिटर (पहिलो खण्ड) हाल ग्राभेल भइरहेको छ भने फल्लेघरदेखि देउरालीसम्मको (दोस्रो खण्ड)मा कालोपत्रको तयारी छ ।

पहिलो खण्ड २०८० वैशाखसम्म ग्राभेल गरिसक्नुपर्ने भए पनि हालसम्म ६५ प्रतिशत मात्र सम्पन्न भएको काम सकिएको सालझण्डी–ढोरपाटन सडक आयोजना कार्यालयका सूचना अधिकारी इन्जिनियर परीक्षा पौडेलले जानकारी दिए। पहिलो खण्ड ग्राभेल गर्न चार वर्ष अगाडि स्वच्छन्द र ओम÷बुद्ध जेबीले जिम्मा पाएको थियो । समयमै काम गर्न नसक्दा चार पटक म्याद थप गरिएको छ ।

तीस महिनामा सक्ने गरी २०७८ कात्तिकमा सम्झौता भएको इन्जिनियर पौडेलले बताए। अहिले सडक फराकिलो बनाउने, कल्भर्ट निर्माणलगायत काम भइरहेको छ । रु २५ करोड ६१ लाखको लागतमा सो सडक स्तरोन्नति भइरहेको छ ।

“पहिलो खण्डको काम यसअघिदेखि नै सुस्तरुपमा भएको थियो, अहिले निमाण कम्पनीले गति बढाएको छ,” इन्जिनियर पौडेलले भने । दोस्रो खण्ड कालोपत्र गर्न गत असारमा सम्झौता भएकामा हाल धमाधम भइरहेको छ । उक्त खण्ड कालोपत्र गर्न ‘पिटीआर अधिकारी कन्स्ट्रक्सन’सँग रु १६ करोड ४८ लाखमा सम्झौता भएको इन्जिनियर पौडेलले बता)। अहिले सडक फराकिलो बनाउने, नाला निर्माणलगायत काम भइरहेको छ । आगामी २०८४ असारसम्म सक्नुपर्ने काम हालसम्म १२ प्रतिशत मात्र सम्पन्न भएको उनले बताए । विसं २०६८ मा रूपन्देहीदेखि सुरु भएको उक्त सडक अर्घाखाँचीको सन्धिखर्क, गुल्मी हुँदै ढोरपाटनसँग जोडिएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलबार  ४ : ४४ बजे

काठमाडौं-६ : मतदाता भन्छन् – ‘गरिखाने वातावरण देऊ’

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति जतिजति नजिक हुँदै

बुर्तिबाङ-ढोरपाटन सडक निर्माण धमाधम

बागलुङ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन जोड्ने सडक

झापा-५ मा केपी ओलीद्वारा ४२ बुँदे प्रतिबद्धता सार्वजनिक (पूर्णपाठसहित)

झापा । नेकपा (एमाले)का अध्यक्ष तथा झापा क्षेत्र नं. ५

तीन किलो चाँदीसहित एक जना पक्राउ

काठमाडौं । चन्द्रागिरी नगरपालिका- २ नागढुङ्गास्थित ‘चेक प्वाइन्ट’बाट रु १२

कांग्रेसमा कोइराला परिवारको उदाउँदो नक्षर सुधान्सु कोइराला

नेपालगन्ज । ४४ बर्षीय युवा शुधान्सु कोइराला, नेपाली कांग्रेसको तर्फबाट