बुटवल । रुपन्देही क्षेत्र नं-२ का उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’ले आज मंलवार बुटवल उपमहानगरपालिका वडा नं ३ मा घरदैलो गरेका छन । नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार पाण्डे सहितका नेता कार्यकर्ताले मतदाताको घर–घरमा पुगेर तारा चिन्हमा भोट मागेका छन ।
चुनावी घरदैलो अभियानलाई निरन्तरता दिँदै आएका उम्मेदवार विश्वदीपले ३ नं। वडाका विभिन्न स्थानहरूमा पुगेर मतदाताहरूसँग भेटघाट तथा संवाद गर्दै आम मतदाताको भरोसा र विश्वास टुट्न नदिने प्रतिवद्धता व्यक्त गरेका छन । स्थानीय निर्वाचनमा बुटवलको वडा नं ३ मा नेकपाका उम्मेदवारले वडाध्यक्षमा विजयी हासिल गरेका थिए ।
निर्वाचन आयोगले निर्वाचन प्रसार प्रचारको लागि तोकेको समयसीमा शुरु भएकोले उम्मेदवारहरु घरदैलोमा केन्द्रित भएर भोट माग्ने क्रम व्यापक बन्न थालेको छ ।
रुपन्देही क्षेत्र नं-२ का उम्मेदवार पाण्डेले मतदातासंगको भेटघाटका क्रममा आफ्ना चुनावी ऐजेण्डा र प्रतिवद्धता पेश गर्दै सुझाव समेत ग्रहण गर्ने गरेको निर्वाचन परिचालन समितिका संयोजक नारायण जी सी ‘निर्मल’ले बताए ।
जेनजी पुस्ताले चाहेकै युवा उम्मेदवार घरदैलोमा पुग्दा स्थानीय खुसी भएको उनले उल्लेख गरे । जीसीका अनुसार प्रत्येक दिन हरेक वडा र टोलमा उम्मेदवार नपुगे पनि घरदैलो अभियान जारी रहेको छ । त्यस क्रममा स्थानीयसंग अन्र्तक्रिया, छलफल गर्दै आफ्नो उम्मेदवारलाई मत दिनुपर्ने कारणबारे जानकारी गराईएको संयोजक जीसीले बताए ।
दिनहुँको घरदैलो, जनताको चासो र भेटघाटमा देखिएको उत्साहले निर्वाचनमा जीत सुनिश्चित हुँदै गएको उनको जिकिर छ । प्रचारप्रसारको समयअवधि शुरु भएपछि मतदातामा पनि उत्साह थपिएको छ ।
निर्वाचनका क्रममा मतदातालाई प्रलोभनमा पार्न सक्ने संभावना रहेपनि मतदाता धेरै सचेत भएकाले कुनै भीडभाड र प्रलोभनमा नअल्झिएर मतदानमा सहभागी हुने विश्वास आफूले लिएको नेकपाका उम्मेदवार विश्वदीपले बताए । रुपन्दही-२ मा यस पटकको निर्वाचनमा कडा प्रतिस्पर्धा हुने देखिएको विश्लेषकहरुले बताउने गरेका छन ।


















प्रतिक्रिया