७ फाल्गुन २०८२, बिहिबार | February 19, 2026

गार्गी एकेडेमीमा किड्स फेस्टिभल २०८२ सम्पन्न



बुटवल । बुटवलको देवीनगरस्थित गार्गी एकेडेमीले आफ्नो १६ औँ स्थापना दिवसको अवसरमा ‘किड्स फेस्टिभल २०८२’ सम्पन्न गरेको छ । बालबालिकाको प्रतिभा प्रस्फुटन, सिर्जनशीलता विकास तथा अतिरिक्त क्रियाकलापमार्फत समग्र व्यक्तित्व विकास गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झविन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्याब्सन नेपालका केन्द्रीय उपाध्यक्ष टीकाराम न्यौपाने प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । त्यस्तै, प्याब्सन बुटवलका अध्यक्ष मित्रहरी आचार्य विशिष्ट अतिथिका रूपमा उपस्थित थिए ।

कार्यक्रममा विद्यालयका प्राचार्य भुवन अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्दै विद्यालयले शैक्षिक गुणस्तरका साथै विद्यार्थीको सर्वाङ्गीण विकासमा विशेष ध्यान दिँदै आएको बताए । उनले यस्ता कार्यक्रमले विद्यार्थीको आत्मविश्वास वृद्धि गर्नुका साथै उनीहरूको प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।

कार्यक्रमको सञ्चालन विद्यार्थीहरू अन्सु क्षेत्री र आयुष अधिकारीले संयुक्त रूपमा गरेका थिए भने कार्यक्रम संयोजन शिक्षिका बिनिता पुन मगरले गरेकी थिइन् । कार्यक्रममा शिवशक्ति टोल विकास संस्थाका अध्यक्ष रेशम बहादुर महरालगायत अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रमअन्तर्गत विद्यार्थीहरूले नृत्य, गीत, कविता वाचन, नाटक तथा विभिन्न सिर्जनात्मक प्रस्तुति प्रस्तुत गरेका थिए । प्रस्तुतिहरूले सहभागी अभिभावक तथा अतिथिहरूको मन जित्न सफल भएका थिए । विद्यालयले यस्ता कार्यक्रममार्फत विद्यार्थीहरूमा नेतृत्व क्षमता, रचनात्मकता र सामाजिक सहभागिताको भावना विकास गर्ने उद्देश्य राखेको जनाएको छ ।

विद्यालयका अनुसार हाल गार्गी एकेडेमीमा कक्षा नर्सरीदेखि माध्यमिक तहसम्म गरी कुल २ हजार ७६० विद्यार्थी अध्ययनरत छन् । विद्यालयले शैक्षिक उत्कृष्टतासँगै अतिरिक्त क्रियाकलापलाई पनि प्राथमिकता दिँदै आएको जनाएको छ ।

एकेडेमीले स्थापना दिवसको अवसरमा आयोजना गरिएका कार्यक्रमअन्तर्गतको मूल समारोह भने फागुन ९ गते आयोजना गरिने जानकारी दिएको छ । उक्त समारोहमा विभिन्न सांस्कृतिक, शैक्षिक तथा सम्मान कार्यक्रमहरू आयोजना गरिने विद्यालय प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहिबार  ६ : ०६ बजे

निर्धक्क भएर मतदान प्रक्रियामा भाग लिन मतदातालाई गृहमन्त्री अर्यालको आह्वान

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनका लागि आवश्यक सम्पूर्ण

कांग्रेसको बिस्तृत प्रतिज्ञा पत्रमा के के छन् ? (पूर्णपाठ)

काठमाडौं । मधेश प्रदेशको राजधानी जनकपुरमा सक्षिप्त प्रतिज्ञापत्र सार्वजकि गरेको

गार्गी एकेडेमीमा किड्स फेस्टिभल २०८२ सम्पन्न

बुटवल । बुटवलको देवीनगरस्थित गार्गी एकेडेमीले आफ्नो १६ औँ स्थापना

मतदातालाई विष्णु पौडेलको हस्तलिखित पत्र : विकास-समृद्धिलाई तीव्रता दिने प्रतिवद्धता

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रूपन्देही निर्वाचन क्षेत्र नं.

सांसदको काम भनेको नीति बनाउने हो, विकासको नाममा आश्वासन बाँड्ने होइन : उम्मेदवार कोइराला

नेपालगन्ज । बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेपाली