११ फाल्गुन २०८२, सोमबार | February 23, 2026

बाँकेमा ३३ जना उम्मेदवारले मात्रै खोले बैङ्क खाता, १५ जनाले गरे बेवास्ता



नेपालगन्ज । निर्वाचन खर्च प्रयोजनका लागि बाँकेमा ३३ जना उम्मेदवारले मात्रै बैङ्क खाता खोलेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि बाँकेमा उम्मेदवार भएका ५६ जनामध्ये अहिलेसम्म १५ जनाले निर्वाचन खर्च प्रयोजनका लागि बैङ्क खाता नखोलेको निर्वाचन आचारसंहिता अनुगमन समितिले जनाएको छ ।

निर्वाचन क्षेत्र नम्बर १ मा ९, क्षेत्र नम्बर २ मा १४ र क्षेत्र नम्बर ३ मा १० गरी ३३ जना उम्मेदवारले बैङ्क खाता खोलेको निर्वाचन आचारसंहिता अनुगमन समितिका अधिकृत सर्वोदय उपाध्यायले जानकारी दिए । उनका अनुसार अहिलेसम्म आठ जनाले खाता खोल्ने सिफारिस लगेका छन् भने १५ जनाले अझै केही गरेका छैनन् ।

कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक एवं निर्वाचन आचारसंहिता अनुगमन अधिकृत उपाध्यायले निर्वाचन खर्च प्रयोजनका लागि फागुन ४ गतेभित्रै सबै उम्मेदवारले खाता खोलिसक्नुपर्नेमा हालसम्म पनि १५ जनाले खाता नखोलेकाले उनीहरूलाई पटक–पटक फोनमार्फत ताकेता गरिएको जानकारी दिए । “ताकेता गरिएको छ प्रतिबद्धता पनि छ तर कार्यान्वयन भएको पाइँदैन,” उनले भने । खाता नखोल्नेमा अधिकांश स्वतन्त्र उम्मेदवार रहेको अधिकृत उपाध्यायको भनाइ छ ।

निर्वाचन आचारसंहिताअनुसार उम्मेदवारले व्यक्तिगत खाताबाट खर्च नगरी निर्वाचन प्रयोजनका लागि छुट्टै बैङ्क खाता प्रयोग गर्नुपर्ने कानुनी व्यवस्था छ । सो व्यवस्था कार्यान्वयनको विषयमा निरन्तर अनुगमन भइरहेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी एवं अनुगमन अधिकृत पूर्ण बहादुर खत्रीले जानकारी दिए । उनका अनुसार उम्मेदवारको नाम, दल, क्षेत्र र बैङ्कको विवरणसहितको प्रतिवेदन निर्वाचन आयोगमा पठाइने छ ।

तीन निर्वाचन क्षेत्र रहेको बाँकेमा ५६ जना उम्मेदवार चुनावी मैदानमा छन् । निर्वाचन आयोगले क्षेत्र नम्बर १ का लागि रु ३१ लाख र क्षेत्र नम्बर २ तथा ३ का लागि रु २९ लाखसम्मको खर्चको सीमा तोकेको छ । यसबीच, आज निर्वाचन क्षेत्र नं १ को कोहलपुरमा निर्वाचन आचारसंहिता पालना सम्बन्धमा उम्मेदवारहरूसँग छलफल गरिएको छ ।

आचारसंहिता अनुगमन समितिका अधिकृत पूर्णबहादुर खत्रीले निर्वाचन क्षेत्र नं १ मा खासगरी टिसर्ट र टोपीको प्रयोग बढी भएको उजुरी भएकाले त्यसलाई हटाउन उम्मेदवारहरू सहमत भएको जानकारी दिए । “जिल्लाको अन्य निर्वाचन क्षेत्रमध्ये समग्रमा राम्रो छ, केही समस्या देखिएका छन् त्यसलाई समाधान गरिने छ,” उनले भने ।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  १० : २४ बजे

बाँकेमा ३३ जना उम्मेदवारले मात्रै खोले बैङ्क खाता, १५ जनाले गरे बेवास्ता

नेपालगन्ज । निर्वाचन खर्च प्रयोजनका लागि बाँकेमा ३३ जना उम्मेदवारले

लुम्बिनी प्रदेशमा मानवअधिकार उल्लंघनमा रुपन्देही पहिलो स्थानमा

नेपालगन्ज । राज्यपक्षबाटै मानवअधिकारको रक्षामा उदासिनता देखाएको सरोकारवालाहरुले बताएका छन्

डिजिटल प्रविधिको दुरुपयोग रोक्न प्रहरी मुख्यालयमा ‘एआई सेल’ स्थापना

काठमाडौँ । डिजिटल प्रविधिको दुरुपयोगबाट सिर्जित चुनौतीलाई सामना गर्न नेपाल

स्वास्थ्यकर्मीलाई निर्वाचनमा नखटाउन आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही फागुन २१ मा

पश्चिम नवलपरासीमा रास्वपा त्याग्ने क्रम बढ्दो, सुस्ता गाउँपालिकाका सचिव पन्थले पनि छाडे

रुपन्देही । पश्चिम नवलपरासीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने