१६ फाल्गुन २०८२, शनिबार | February 28, 2026

रुपन्देहीमा ८ लाखभन्दा बढीका अवैध सामान बरामद, कुखुरा, केरा र मोबाइल डिस्प्ले नियन्त्रणमा



बुटवल । जिल्ला प्रहरी कार्यालय रुपन्देही मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा चेकजाँचका क्रममा भन्सार छली गरी अवैध रूपमा ल्याइएका करिब ८ लाख २३ हजार ७५० रुपैयाँ बराबरका सामान बरामद गरेको छ ।

प्रहरीले शुक्रबार जिल्लाका विभिन्न नाकाहरू र शंकास्पद स्थानमा चेकजाँच गर्ने क्रममा अवैध रूपमा चोरी पैठारी गरिएका कुखुरा, केरा तथा मोबाइलका डिस्प्ले नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाएको जनाएको छ । बरामद गरिएका सामग्री पशु क्वारेन्टाइन कार्यालय भैरहवा र भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाइएको छ ।

प्रहरीका अनुसार लुम्बिनी प्रदेश प्रहरी कार्यालय र अस्थायी प्रहरी चौकी रमवापुरबाट खटिएको संयुक्त टोलीले मायादेवी गाउँपालिका-३ गुरबनियाबाट यूपी ५६ ई ३९०५ नम्बरको मोटरसाइकलमा अवैध रूपमा ल्याइँदै गरेको ७५ किलो बोइलर कुखुरा बरामद गरेको छ । मोटरसाइकलसहित उक्त कुखुराको अनुमानित मूल्य ६८ हजार ७५० रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी, जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले रोहिणी गाउँपालिका-२ खुरहुरियाबाट लु १० प ११३९ र लु ९ प ७३७१ नम्बरका मोटरसाइकलमा ल्याइँदै गरेको ८०० किलो काँचो केरा बरामद गरेको छ । बरामद गरिएको केराको अनुमानित मूल्य १ लाख ५० हजार रुपैयाँ रहेको छ ।

यस्तै, इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका-१२ भैसाहीबाट लु १४ प ६७२९ र यूपी ५५ जे २९६० नम्बरका मोटरसाइकलमा अवैध रूपमा ल्याइँदै गरेको २६० किलो जिउँदो बोइलर कुखुरा बरामद गरेको छ । मोटरसाइकलसहित उक्त कुखुराको अनुमानित मूल्य १ लाख ६५ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, इलाका प्रहरी कार्यालय मझगवाबाट खटिएको टोलीले कोटहीमाई गाउँपालिका-६ बोगढीघाटबाट अवैध रूपमा ल्याइएका मोबाइलका ११० थान डिस्प्ले बरामद गरेको छ । उक्त डिस्प्लेको अनुमानित मूल्य ४ लाख ४० हजार रुपैयाँ रहेको छ ।

प्रहरीले बरामद गरिएका सबै सामग्री आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको जनाएको छ । साथै, भन्सार छली तथा अवैध ओसारपसार नियन्त्रणका लागि निगरानी र चेकजाँचलाई थप कडाइ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार  ५ : ३२ बजे

विभिन्न सातवटा अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द

काठमाडौं । हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट

भारतद्वारा मध्यपूर्वका सबै उडानहरू स्थगित

नयाँदिल्ली । इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरे पछि भारतका

बुटवलको बजार क्षेत्रमा एमालेको उत्साहजनक प्रदर्शनसहित घरदैलो (फोटो फिचरसहित)

बुटवल । नेकपा एमाले रुपन्देही क्षेत्र नं २ का उम्मेदार

निर्वाचनको वातावरण सकारात्मक र शान्तिपूर्ण छ : पर्यवेक्षक संस्थाहरू

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका चारवटा पर्यवेक्षक संस्थाले सम्पूर्ण

संविधानसभा सदस्य विनोद पहाडी एमाले प्रवेश, विष्णु पौडेलले गरे स्वागत

बुटवल । पूर्व संविधानसभा सदस्य विनोद पहाडी नेकपा एमालेमा प्रवेश