१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

निर्वाचनमा खटिने कर्मचारीले कस्तो आचरण पालना गर्नुपर्छ ?



काठमाडौं । निर्वाचनमा खटिने कर्मचारीले आफ्ना सेवा समूहसम्बन्धी कानुनमा व्यवस्था भएका आचरणका अतिरिक्त निर्वाचन आचारसंहिता, २०८२ मा व्यवस्था भएका आचरणसमेत पालना गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ ।

आयोगले जारी गरेको निर्वाचन आचारसंहिता, २०८२ मा कुनै कर्मचारीले उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न नहुनेलगायतका आचरणका व्यवस्थाहरु गरिएका छन् । आचारसंहितामा निर्वाचनमा संलग्न रहने कर्मचारी तथा सुरक्षाकर्मीले आफ्नो पदीय कर्तव्य तथ्य र निष्पक्ष रही गर्नुपर्ने, निर्वाचन अवधिभर मुलुकको प्रतिनिधित्व हुने गरी विदेश भ्रमणमा जानबाहेक अन्य प्रयोजनका लागि नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहका कर्मचारी वा सार्वजनिक पद धारण गरेको व्यक्ति निर्वाचन आयोगको पूर्वस्वीकृतिविना विदेश भ्रमणमा जान वा पठाउन नहुने भनिएको छ ।

यसैगरी, उम्मेदवार, राजनीतिक दल, राजनीतिक दलको भ्रातृ सङ्गठन वा सम्बन्धित व्यक्तिलाई नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह वा सार्वजनिक संस्थान भवन, अतिथि गृह, सभागृह, सवारी साधन वा अन्य सामग्री प्रयोग गर्न दिन नहुने आयोगले जनाएको छ ।

 

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलबार  ५ : ०१ बजे

रूपन्देहीमा निर्वाचनको तयारी पूरा

बुटवल । जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको

निर्वाचनमा खटिने कर्मचारीले कस्तो आचरण पालना गर्नुपर्छ ?

काठमाडौं । निर्वाचनमा खटिने कर्मचारीले आफ्ना सेवा समूहसम्बन्धी कानुनमा व्यवस्था

मतदाताहरु मतदान गर्न ‘पहाडघर’ फर्केपछि सुनसान बन्दै बुटवल (फोटोफिचर)

बुटवल । निर्वाचनको दिन नजिकिएसँगै पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र

निर्वाचनका लागि उपत्यकाबाट बाहिरिँदै मतदाता

काठमाडौँ । बिहिबार हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौँ

ललितपुरको पुल्चोकस्थित दाउरा थकालीमा लागेको आगलागी नियन्त्रणमा

काठमाडौं । ललितपुरको पुल्चोकस्थित दाउरा थकालीमा मंगलबार दिउँसो आगलागी नियन्त्रणमा