१ चैत्र २०८२, आइतबार | March 15, 2026

किसानलाई सिँचाइको समस्या



सुनसरी । सुनसरीका विभिन्न स्थानमा मकै र गहुँखेती गर्दै आएका किसानलाई सिँचाइको समस्या भएको छ । सदरमुकाम इनरुवासहित भोक्राहा, हरिनगर, भोक्राहालगायत स्थानी तहमा मकै तथा गहुँखेती गर्दै आएका किसानलाई सिँचाइको समस्या भएको हो ।

सप्तकोसी नदीको सतह मुनि गएको र नहरमा पनि पानी नआएका कारण मकै तथा गहुँखेती गरेका किसानलाई सिँचाइको समस्या भएको इनरुवा-६ का देवनारायण यादवले बताए । कतिपय बेलामा नहरमा पर्याप्त मात्रामा पानी हुने गरेको भए पनि सिँचाइ गर्नुपर्ने बेला पानी नहुँदा रु तीन लाख ५० हजारको लागतमा सात बिघामा मकैखेतीमा सिँचाइ गर्न समस्या भएको उनले गुनासो गरे ।

मकैखेती गरेको भए पनि अहिले सिँचाइ अभावका कारण मकैको बोट नै सुक्ने अवस्थामा पुगेको स्थानीय किसानको भनाइ छ । नहरको पानीका भरोसामा मकै तथा गहुँ बाली लगाएको भए पनि नहरमा पानी पर्याप्त मात्रामा नआउने गरेकाले समस्या भएको किसान माधव भण्डारीले बताए ।

शङ्करपुर शाखा नहरमा सिँचाइका लागि पानीको माग गर्दै आएको भए पनि पालो सिष्टममा पानी आउने गरेका कारण पर्याप्त मात्रामा बालीमा सिँचाइ गर्न नपाउने गरेको पीडित किसानको गुनासो छ । हजारौँ हेक्टरमा लगाएको मकै, गहुँ र तरकारी बाली सिँचाइ अभावमा सुक्न लागेकाले शङ्करपुर शाखा नहरमा पर्याप्त पानीको मागसमेत किसानले गरेका छन् ।

जिल्लामा यस वर्ष १२ हजार ६३ हेक्टर क्षेत्रमा गहुँखेती र सात हजार ५२० हेक्टर क्षेत्रफलमा मकैखती गरिएको कृषि ज्ञान केन्द्र इनरुवाका प्रमुख निलकमल सिंहले जानकारी दिए ।

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  ८ : २९ बजे

रुद्रवेणी-वामीटक्सार सडक चैतभर बन्द हुने

गुल्मी । गुल्मीको रुद्रवेणी–वामीटक्सार सडक चैतभरका लागि बन्द गरिने भएको

साभुङ-देउराली-केलादीघाटमार्ग : ठेक्का सम्झौता अन्त्य

तनहुँ । तनहुँको घिरिङ गाउँपालिकाभित्र पर्ने साभुङ-देउराली-केलादीघाट (कृष्ण मोटर मार्ग)

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही । लालबन्दी नगरपालिका-१ बागबानीस्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल

किसानलाई सिँचाइको समस्या

सुनसरी । सुनसरीका विभिन्न स्थानमा मकै र गहुँखेती गर्दै आएका

आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’

भोजपुर । टेम्केमैयुङ गाउँपालिका-२ छिनामखुमा अवस्थित मलुवा पोखरी पछिल्लो समय