१ चैत्र २०८२, आइतबार | March 15, 2026

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग



काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि कार्यकर्ता र शुभेच्छुकसँग सुझाव माग गरेका छन् । उनले आज सामाजिक सञ्जालमार्फत नीतिगत, संरचनागत तथा व्यावहारिक सुधारका विषयमा सुझाव दिन सार्वजनिक आह्वान गरेका हुन् ।

“भर्खरै सम्पन्न आम निर्वाचन २०८२ को नतिजा हाम्रासामु आइसकेको छ । पुसमा सम्पन्न विशेष महाधिवेशनले निर्देश गरेका कार्यदिशालाई समेत आत्मसात् गर्दै पार्टीको नियमित महाधिवेशनको छिट्टै आयोजना गर्नुपर्नेछ, यिनै पृष्ठभूमिमा पार्टीलाइ आगामी दिनमा कसरी अगाडि लैजाने भन्ने सम्बन्धमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ,” महामन्त्री पौडेलले भनेका छन् ।

अहिलको परिस्थितिमा नेपाली कांग्रेसमा गर्नुपर्ने नीतिगत, संरचनागत तथा व्यावहारिक सुधारका विषयहरु के हुन सक्छन् सुझाव दिन पार्टी कार्यकर्ता र शुभेच्छुकसँग उनले अनुरोध गरेका हुन् । महामन्त्री पौडेलले प्राप्त सुझावलाई पार्टीले आत्मसात् गर्ने प्रतिबद्धता जनाएका छन् । कांग्रेसले चाँडै नै आम निर्वाचनका सन्दर्भमा समीक्षा गर्दै भावी रणनीति तय गर्दैछ । उनले पार्टीको आधिकारिक इमेल तथा सम्पर्कका माध्यमबाट सुझाव दिन सकिने बताएका छन् ।

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  ९ : ३७ बजे

यी हुन् ११० समानुपातिक साँसदमा सिफारिस उम्मेदवार (सूचीसहित)

काठमाडौं। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड पुर्याएका

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

७० लाख घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन

मन्त्रिपरिषद् बैठक : अनुदान सहायता स्वीकार गर्ने

काठमाडौँ । सरकारले दुई करोड, ४२ लाख ६७ हजार ४२७

दुर्घटनामा मृत्यु भएका सात भारतीयको शव दूतावासलाई बुझाइयो

काठमाडौं । गोरखामा भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय