९ चैत्र २०८२, सोमबार | March 23, 2026

लुम्बिनीमा विश्व शान्ति मन्दिर निर्माण



भैरहवा । बुद्ध जन्मस्थल लुम्बिनीमा विश्व शान्ति, सहअस्तित्व र करुणाको सन्देश फैलाउने उद्देश्यसहित विश्व शान्ति मन्दिरको निर्माणलाई तीव्रता दिइएको छ ।

मन्दिरका प्रमुख श्याल्पा तेन्जिन रिन्पोछेले ‘सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयाः’ भन्ने बौद्ध दर्शनलाई आत्मसात् गर्दै विश्वमा शान्ति स्थापना गर्ने लक्ष्यसहित मन्दिर निर्माण अघि बढाइएको जानकारी दिए । उनका अनुसार मानवता, मैत्री र अहिंसाको उज्यालो फैलाउने ध्येयले यो परियोजना सुरु गरिएको हो ।

सन् २०१४ मा शिलान्यास गरिएको उक्त मन्दिर बौद्ध आस्थाको अन्तरराष्ट्रिय केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ । मन्दिरको खाका जर्मनीका प्रख्यात आर्किटेक्ट स्टेफ ब्राउनफेल्सले तयार पारेका हुन्।

मन्दिर प्रशासनका अनुसार विभिन्न प्रशासनिक जटिलताका कारण निर्माणकार्य केही समय प्रभावित भए पनि अहिले पुनः तीव्र गतिमा अघि बढाइएको छ ।

यसैबीच, मन्दिर निर्माणस्थलको लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ), लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक प्रमुख कल्पना हरिज तथा सञ्चारकर्मीहरूको टोलीले स्थलगत अनुगमन गरेको छ ।

लुम्बिनीमा निर्माणाधीन यस मन्दिरले “अप्प दीपो भव” अर्थात् ‘आफैँ प्रकाश बन’ भन्ने बुद्ध बचनलाई आत्मसात् गर्दै विश्व समुदायमा शान्ति, सहिष्णुता र मानव एकताको सन्देश फैलाउने अपेक्षा गरिएको छ ।

यो मन्दिर निर्माणसँगै विश्व शान्तिका लागि नयाँ अभियान सुरु हुने लुम्बिनी विकास कोषले जनाएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार  १० : ४३ बजे

रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धका रिट न्यायाधीश शर्मा र मुसलमानको इजलासमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धका

खाडी जान लागेका कामदारहरू भन्छन्, “साथीहरूले नआउ भन्छन्, नजाऊ जागिर खोसिने डर छ”

काठमाडौँ । छोटो छुट्टीमा घर परिवार भेट्न आउनुभएका लिवेक महतलाई

‘राइड सेयरिङ’का एक सय पचहत्तर जना चालकलाई कारबाही

काठमाडौँ । काठमाडौँ उपत्यकामा बढ्दो ट्राफिक चाप, अव्यवस्थित सवारी सञ्चालन

१६ प्रकारका खनिजजन्य वस्तुको उत्खनन अनुमति

काठमाडौं । खानी तथा भूगर्भ विभागले चुनढुङ्गा, रातोमाटो, धातु, पत्थरलगायत

मुस्ताङ भन्सारबाट पौने छ अर्ब राजस्व सङ्कलन

मुस्ताङ । नेपाल—चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक