१० चैत्र २०८२, मंगलबार | March 24, 2026

काम नगर्ने ठेकेदारलाई कारबाही अघि बढायो टेम्केमैयुङले



भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले ठेक्का सम्झौताअनुसार निर्माण नगर्ने ठेकेदारलाई कारबाही अघि बढाएको छ । आर्थिक वर्ष २०७७/७८ थालिएको १५ शय्याको कोट अस्पताल निर्माणलाई अलपत्र पार्ने निर्माण कम्पनीलाई कारबाही अघि बढाएको हो ।

गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै निर्माण कम्पनी भूमि हिमालयन जेभी विराटनगरलाई आवश्यक स्पस्टीकरणसहित सात दिनभित्र सम्पर्क आउन निर्देशन दिएको छ । तोकिएको समयभित्र सम्पर्कमा नआएमा प्रचलित ऐन, नियमावली तथा सम्झौताअनुसार एकतर्फी रूपमा कारबाही प्रक्रिया अघि बढाइने स्पष्ट पारिएको छ ।

समयमा काम सम्पन्न नगरेको, निर्माणस्थल अलपत्र छाडिएको तथा पटकपटक ताकेता गर्दासमेत सम्पर्कमा नआएको भन्दै सम्बन्धित निर्माण कम्पनीमाथि कारबाही प्रक्रिया अघि बढाइएको सूचनामा उल्लेख गरिएको छ । गाउँपालिकाले सार्वजनिक खरिद ऐन, २०६३, सार्वजनिक खरिद नियमावली, २०६४ तथा सम्झौतामा गरिएको शर्तबमोजिम कारबाही प्रक्रिया अगाडि बढाउन सकिने जनाएको छ । कानुनी प्रावधानअनुसार ठेक्का रद्द गर्ने, धरौटी जफत गर्ने वा अन्य प्रशासनिक कारबाहीसमेत हुनसक्ने सङ्केत गरिएको छ ।

निर्माण निर्धारित समयमै सम्पन्न नहुँदा स्थानीय बासिन्दाले स्वास्थ्य सेवा विस्तारमा ढिलाइ भएको गुनासो गर्दै आएका छन् । अस्पताल भवन निर्माण ढिलाइ हुँदा सेवाग्राहीले आवश्यक स्वास्थ्य सुविधा समयमै नपाउने अवस्था सृजना भएको छ । यस किसिमको गैरजिम्मेवार व्यवहारप्रति कडाइ गर्दै सार्वजनिक विकास निर्माणलाई प्रभावकारी र समयमै सम्पन्न गराउन स्थानीय तह प्रतिबद्ध रहेको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए ।

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार  ११ : ०३ बजे

विश्वमा एक करोड सात लाखमा सक्रिय क्षयरोगी, नेपालका ४२ प्रतिशत उपचार बाहिर

भक्तपुर। ‘हो १ हामी क्षयरोग अन्त्य गर्छौंः राष्ट्रिय अभियान, हाम्रो

लुम्बिनीमा सरसफाइ अध्ययन केन्द्र उद्घाटन

लुम्बिनी । लुम्बिनी सांस्कृतिक नगरपालिकाको वडा नं. ५ ढोडहवामा ‘सरसफाइ

दुग्ध उत्पादक किसानले ५५ करोड भूक्तानी पाएनन्

चितवन । जिल्लाका दुग्ध उत्पादक किसानले दुध बिक्री गरे बापत

कोटिहवामा भएको सवारी दुर्घटनाबाट बुटवल पुरानो बसपार्कका २१ वर्षिय युवाको मृत्यु

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ कोटिहवामा मालबाहक ट्रकको ठक्करबाट मोटरसाइकलमा

ट्रम्पको दाबीलाई इरानले अस्वीकार गरेपछि कच्चा तेलको मूल्य फेरि बढ्यो

युद्धबारे ट्रम्पको दाबीप्रति इरानको प्रतिक्रियापछि कच्चा तेलको मूल्य फेरि बढेको