बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ कोटिहवामा मालबाहक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार बुटवलका २१ वर्षीय एक युवाको मृत्यु भएको छ ।
ट्रको ठक्करबाट बुटवल उपमहानगरपालिका–६ पुरानो बसपार्क बस्ने २१ वर्षीय उमेश गुप्ताको मृत्यु भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।
ट्राफिक व्यवस्थापन कार्यालयका अनुसार आज बिहान भैरहवादेखि बुटवलतर्फ आउँदै गरेको ना ६ ख ३४३० नम्बरको ट्रकले गुप्ता सवार मधेश प्रदेश ०३–०२९ प ५०७६ नम्बरको बुलेट मोटरसाइकललाई ठक्कर दिएको हो । दुर्घटनामा परी घाइते भएका गुप्तालाई उद्धार गरी उपचारका लागि क्रिमसन अस्पताल मणिग्राम लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
ट्रक चालक सप्तरी जिल्ला सुरुङ्गा–१ का २९ वर्षीय मुकेश कुमार चौधरी र ट्रकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।


















प्रतिक्रिया