१० चैत्र २०८२, मंगलबार | March 24, 2026

बर्दियाको गणेशपुरमा प्रहरी र स्थानीयबीच झडप, कम्तीमा १० सुरक्षाकर्मी घाइते



बर्दिया । नेपालगन्ज-गुलरिया सडक खण्डको बर्दियाको गणेशपुरमा स्थानीयबासी र प्रहरीबीच झडप हुँदा कम्तीमा १० जना प्रहरी घाइते भएका छन् । हुलाकी राजमार्ग अवरुद्ध गरेका स्थानीयबासीको अवरोध हटाउन पुगेको प्रहरी टोलिमाथि स्थानीयले ढुँगामुढा गर्दा १० बढी प्रहरी घाइते भएका हुन् ।

भारतमा गएर लागुऔषध सेवन गरेका स्थानीय दुई युवाको मृत्यु भएपछि स्थानीयबासीले सीमा व्यवस्थापन र लागु औषध नियन्त्रणको माग राख्दै आज बिहानैदेखि हुलाकी राजमार्ग अवरुद्ध गरेका थिए । राजमार्गको अवरोध हटाउन पुगेको प्रहरीमाथि स्थानीयबाट ढुँगामुढा प्रहार भएको प्रहरीले जनाएको छ ।

स्थिती नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नुका साथै केही राउण्ड अश्रु ग्याँस प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् । गुलरिया नगरपालिका ११ गणेशपुरका २ युवाले भारतीय बजारमा गएर खाएको अज्ञात लागु औषधबाट उनीहरुको मृत्यु भएको बताइएको छ ।

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार  १ : १७ बजे

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौँ । नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि

हवाई उद्धारमा बिरामीको व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन

काठमाडौं । हेलिकप्टरमार्फत उद्धार गर्दा गम्भीर अवस्थाका बिरामीको सुरक्षित व्यवस्थापन

हतार वा हताशमा होइन, जवाफदेहिताका आधारमा राजीनामा दिएको हुँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले हतार वा

संविधानसभापछि सिंहदरबार फर्कंदै संसद्

काठमाडौं । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर

भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्टस्

काठमाडौं । भाटभटेनी सुपरमार्केट तथा जापानी कस्मेटीक उत्पादक होमाबीच जापानी