११ चैत्र २०८२, बुधबार | March 25, 2026

बुटवलमा फोहोरबाट व्लक इँटा उत्पादन सुरु



बुटवल । देशभर फोहोर व्यवस्थापन चुनौतीका रूपमा देखिइरहेका बेला बुटवल उपमहानगरपालिकामा भने फोहोरबाट व्लक (इँटा) उत्पादन गर्ने नवीन पहल सुरु गरिएको छ । बुटवल उपमहानगरपालिका, यूएनडिपी, कोका कोला फाउण्डेशन तथा वडा नं. ७ र ८ र शिवनगर सामुदायिक वन उपभोक्ता समितिको संयुक्त सहकार्यमा शिवनगर क्षेत्रमा फोहोर प्रशोधन गरी व्लक (इँट) उत्पादन गर्ने कार्य थालिएको हो ।

मंगलबार आयोजित एक कार्यक्रमबीच मटेरियल रिकभरी फेसिलिटी (सामग्री पुनःप्राप्ति केन्द्र) को उद्घाटन खेलराज पाण्डेय र यूएनडिपीका रेजिडेन्ट रिप्रिजेन्टेटिभ जुलिष्न शेभिलियार्डले संयुक्त रूपमा गरेका थिए ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख पाण्डेयले प्रारम्भिक चरणमा वडा नं. ७ र ८ को फोहोर संकलन गरी प्रशोधन गरिने जानकारी दिए । उनले फोहोर व्यवस्थापनबाट बुटवललाई स्वच्छ, सफा र आकर्षक बनाउनुका साथै रोजगारीका अवसर समेत सृजना हुने बताए ।

उनका अनुसार हाल दुई वडाबाट मात्रै ३६ जनाले प्रत्यक्ष रोजगारी पाइसकेका छन् । “भविष्यमा बुटवलका सबै १९ वटै वडामा यो कार्यक्रम विस्तार गर्ने योजना छ । सबै वडामा विस्तार हुँदा झण्डै ४ सय जनाले रोजगारी पाउने अपेक्षा गरिएको छ,” उनले बताए ।

कार्यक्रममा यूएनडिपीका प्रतिनिधि शेभिलियार्डले वातावरण संरक्षणका लागि आवश्यक सहयोग गर्न संस्था सधैं तयार रहेको उल्लेख गर्दै सबै पक्षको सहकार्यबाट मात्रै दीगो वातावरण संरक्षण सम्भव हुने बताए ।

कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्याल, पूर्व नगरप्रमुख शिवराज सुवेदी, कोका कोला फाउण्डेशनका सिनियर डाइरेक्टर जेफ्री ग्यारी ड्यान्बी, कोका कोलाका इन्डिया डाइरेक्टर आदित्य पाण्डा, रिजनल प्राइभेट सेक्टर पार्टनरशिप स्पेशलिस्ट रुची मोहन्ती, विभिन्न वडाका अध्यक्ष तथा संघ-संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार  ८ : ५० बजे

चितवनमा चौध वर्षमुनिका २७ जनामा क्षयरोग

चितवन । चालु आर्थिक वर्षमा जिल्लामा ६२३ जना क्षयरोगबाट पीडित

उदाउँदो सूर्यलाई अर्घ दिँदै वासन्ती छठ सम्पन्न

महोत्तरी । मधेसको प्राचीन मिथिला क्षेत्रमा आज बिहान उदाउँदो सूर्यलाई

बुटवलमा फोहोरबाट व्लक इँटा उत्पादन सुरु

बुटवल । देशभर फोहोर व्यवस्थापन चुनौतीका रूपमा देखिइरहेका बेला बुटवल

हिरासतमा रहेका र बेपत्ता राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस मनाइँदै

काठमाडौं । आज हिरासतमा रहेका र बेपत्ता पारिएका संयुक्त राष्ट्रसङ्घका

साफ यू-२० च्याम्पियनसिप : आज नेपाल र श्रीलंका भिडदै

काठमाडौं । साफ यू-२० च्याम्पियनसिप अन्तर्गत नेपाल यू-२० फुटबल टोलीले