११ चैत्र २०८२, बुधबार | March 25, 2026

हिरासतमा रहेका र बेपत्ता राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस मनाइँदै



काठमाडौं । आज हिरासतमा रहेका र बेपत्ता पारिएका संयुक्त राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस हो । न्यायको माग, सुरक्षा सुनिश्चितता तथा विश्वभर जीवनरक्षक कार्यमा संलग्न कर्मचारीहरूको संरक्षणका लागि प्रतिबद्धता व्यक्त गर्दै विश्वका विभिन्न देशमा यो दिवस मनाइँदै छ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार सन् १९८५ मा अपहरणमा परेका एलेक कोलेटको स्मृतिमा हरेक वर्ष मार्च २५ मा यो दिवस मनाइन्छ । कोलेट राष्ट्रसङ्घका राहत तथा कार्य निकाय (युएनआरडब्ल्युए)सँग आबद्ध पत्रकार थिए । उहाँलाई सशस्त्र समूहले अपहरण गरेको थियो । उनको शव सन् २००९ मा लेबनानको बेक्का उपत्यकामा फेला परेको थियो ।

सन् १९४५ मा संयुक्त राष्ट्रसङ्घ स्थापना भएयता यसको सेवामा खटिएका सयौँ कर्मचारीले ज्यान गुमाइसकेका छन् । विशेषगरी सन् १९९० को दशकमा शान्ति स्थापना ‘मिसन’हरूको विस्तारसँगै जोखिम बढ्दा अघिल्ला चार दशकको तुलनामा सो दशकमा धेरै कर्मचारीको ज्यान गएको थियो ।

यस अवसरमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले जोखिमपूर्ण परिस्थितिमा काम गर्ने कर्मचारी तथा शान्ति सैनिकलाई आवश्यक सुरक्षा र अनुकूल कार्य वातावरण सुनिश्चित गर्न अन्तरराष्ट्रिय समुदाय एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार  ८ : ४६ बजे

चितवनमा चौध वर्षमुनिका २७ जनामा क्षयरोग

चितवन । चालु आर्थिक वर्षमा जिल्लामा ६२३ जना क्षयरोगबाट पीडित

उदाउँदो सूर्यलाई अर्घ दिँदै वासन्ती छठ सम्पन्न

महोत्तरी । मधेसको प्राचीन मिथिला क्षेत्रमा आज बिहान उदाउँदो सूर्यलाई

बुटवलमा फोहोरबाट व्लक इँटा उत्पादन सुरु

बुटवल । देशभर फोहोर व्यवस्थापन चुनौतीका रूपमा देखिइरहेका बेला बुटवल

हिरासतमा रहेका र बेपत्ता राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस मनाइँदै

काठमाडौं । आज हिरासतमा रहेका र बेपत्ता पारिएका संयुक्त राष्ट्रसङ्घका

साफ यू-२० च्याम्पियनसिप : आज नेपाल र श्रीलंका भिडदै

काठमाडौं । साफ यू-२० च्याम्पियनसिप अन्तर्गत नेपाल यू-२० फुटबल टोलीले