१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

आज विश्व अटिजम सचेतना दिवस



काठमाडौं । आज विश्व अटिजम सचेतना दिवस हो । यो मस्तिष्क विकाससँग सम्बन्धित छ । विशेषज्ञहरूका अनुसार अटिजम भनेको व्यक्तिको यस्तो अवस्था हो जसमा उसले सामान्य मानिसभन्दा पृथक रूपमा व्यवहार गर्दछ । बोल्ने र सोच्ने शैली फरक हुन्छ ।

अटिजम भएकाहरूको गरिमा, अधिकार र समाजमा समान सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००७ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो ।

राष्ट्रसङ्घले अटिजम भएका हरेक व्यक्तिको योगदान र अधिकारलाई सम्मान गर्ने सन्देश प्रवाहका निम्ति यस वर्ष यो दिवस मनाउन सदस्य राष्ट्रहरूसँग अनुरोध गरेको छ ।

यसै अवसरमा आज एक सन्देश जारी गर्दै राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले मानवअधिकार र मौलिक स्वतन्त्रताको पूर्ण कार्यान्वयनलाई प्रवर्द्धन गर्दै अटिजम भएकाहरूको समाजमा समान सहभागिता सुनिश्चित हुनुपर्नेमा जोड दिएका छन ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहिबार  ७ : ४९ बजे

शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

भक्तपुर । यो वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई० परीक्षाको आजदेखि

सदनमा जवाफदेहीपूर्ण र परिपक्व रूपमा प्रस्तुत हुनेछौँ : प्रतिपक्षी

काठमाडौं । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रतिपक्षी दलका सांसदहरूले जनताले सुम्पिएका

इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

मोलुका । इन्डोनेसियाको मोलुका टापु आसपास बिहीबार बिहान ७.४ म्याग्निच्युडको

आज विश्व अटिजम सचेतना दिवस

काठमाडौं । आज विश्व अटिजम सचेतना दिवस हो । यो

प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

काठमाडौं । श्री वालेन्द्र शाह नेपालको प्रधानमन्त्री नियुक्त भएकामा रूसका