२१ चैत्र २०८२, शनिबार | April 4, 2026

फेवाताल किनारमा चल्यो डोजर, कर्ण शाक्यको रिसोर्टका संरचना पनि भत्काइए



पोखरा। पोखराको फेवाताल किनारमा मापदण्ड विपरीत निर्माण गरिएका अस्थायी संरचनाहरू हटाउन डोजर चलाइएको छ।

गृह मन्त्रालयको निर्देशनपछि शनिबार बिहानै डोजर चलाइएको हो । यस क्रममा चर्चित पर्यटन व्यवसायी कर्ण शाक्यको वाटर फ्रन्ट रिसोर्टमा रहेका स्वीमिङ पुल, गेट र पर्खालसमेत भत्काइएको छ।

प्रहरीका अनुसार संरचना हटाउने कार्य बिहान साढे चार बजेदेखि सुरु गरिएको थियो। त्यसका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो।

केही दिनअघि प्रधानमन्त्री र पोखरा महानगरपालिकाका मेयरबीच फेवाताल क्षेत्रको अतिक्रमण र व्यवस्थापनबारे छलफल भएको बताइएको छ। सोही विषयलाई लिएर काठमाडौंबाट मध्यरातमा निर्देशन आएपछि आवश्यक प्रक्रिया अघि बढाइएको जनाइएको छ।

निर्देशन प्राप्त भएपछि प्रहरीले तत्काल पोखरा महानगरपालिकासँग समन्वय गर्दै कारबाही प्रक्रिया सुरु गरेको थियो। संरचना हटाउने क्रममा कुनै ठूलो अवरोध नदेखिए पनि केही स्थानीयले सामान्य असहमति जनाएका थिए।

फेवातालको किनारमा मापदण्डविपरीत निर्माण गरिएका संरचनाहरू हटाएर क्षेत्रको संरक्षण र व्यवस्थापन गर्ने उद्देश्यले यो कदम चालिएको जनाइएको छ।

प्रकाशित मिति : २१ चैत्र २०८२, शनिबार  ९ : ३३ बजे

इरानले एकपछि अर्को विमान खसाल्दा युद्धविरुद्ध अमेरिकामा विरोध बढ्दै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार राति राष्ट्रलाई सम्बोधन गर्दै इरानसँगको

फेवाताल किनारमा चल्यो डोजर, कर्ण शाक्यको रिसोर्टका संरचना पनि भत्काइए

पोखरा। पोखराको फेवाताल किनारमा मापदण्ड विपरीत निर्माण गरिएका अस्थायी संरचनाहरू

कलाकार सागर लम्साल ‘बले’ बलात्कार आरोपमा पक्राउ

काठमाडौं। कलाकार सागर लम्साल ‘बले’ बलात्कार आरोपमा पक्राउ परेका छन्।

मध्यरातमा प्रहरीको विशेष अपरेशन, गुन्डागर्दीमा संलग्न १७ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट गुन्डागर्दीमा संलग्न रहेको आरोपमा

उपसभामुखमा श्रम संस्कृति पार्टीको दाबी, महिला उम्मेदवार उठाउने घोषणा

काठमाडौं । श्रम संस्कृति पार्टीले संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको उपसभामुख पदमा