२८ जेष्ठ २०८३, बिहिबार | June 11, 2026

गृहमन्त्री गुरुङ र चिनियाँ राजदूत माओमिङबीच भेट



काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत चाड माओमिङबीच गृहमन्त्रालयमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ ।

भेटमा राजदूत माओमिङले गृहमन्त्री गुरुङलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । जवाफमा गृहमन्त्री गुरुङले नेपाल ‘एक चीन नीति’प्रति प्रतिबद्ध रहेको स्पष्ट पार्दै नेपालको भूमिमा चीनविरुद्ध कुनै गतिविधि हुन नदिने बताए ।

उनले नेपालको सार्वभौमिकता, स्वाधीनता र भौगोलिक अखण्डताको रक्षा गर्न सरकार सधैं सचेत रहने उल्लेख गरे । साथै, नेपालमा भिसा नवीकरण नगरी अवैध रूपमा बसेका चिनियाँ नागरिकलाई स्वदेश फिर्ता गर्ने प्रक्रियामा सहजीकरण गर्न चिनियाँ पक्षसँग अनुरोध गरेका थिए ।

भेटका क्रममा चीनको सहयोगमा सञ्चालित आयोजना समयमै सम्पन्न गर्ने, नेपाल-चीन रेलमार्ग निर्माण अघि बढाउने तथा द्विपक्षीय व्यापार सहजीकरणमा थप पहल गर्ने विषयमा पनि छलफल भएको थियो ।

दुवै पक्षबीच सीमाक्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणका लागि सहकार्य बढाउने विषयमा सहमति भएको छ । चिनियाँ पक्षले नेपालको सुरक्षा निकायको क्षमता अभिवृद्धिमा सहयोग गर्न सकारात्मक धारणा व्यक्त गरेको छ ।

साथै, सिन्धुपाल्चोकको तातोपानी नाकामा आवतजावतमा समस्या आएको भन्ने समाचारप्रति चिन्ता व्यक्त गर्दै राजदूत माओमिङले त्यस्ता सूचना भ्रामक रहेको स्पष्ट पारेका छन् ।

गृहमन्त्रालयका अनुसार भेटमा नेपाल-चीनबीचको ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ बनाउँदै आगामी दिनमा सहकार्य विस्तार गर्ने सहमति व्यक्त गरिएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार  ७ : २२ बजे

पूर्वराष्ट्रिय गोलकिपर श्रेष्ठ राखेपको उपाध्यक्ष नियुक्त

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को

रौतहटमा ९० लाखभन्दा बढी मूल्यको फर्सीको बिउ बरामद

रौतहट । नेपाल-भारत सीमावर्ती क्षेत्रमा अवैध निकासी हुन लागेको ठूलो

काठमाडौं-तराई फास्ट ट्र्याकमा पिकअप दुर्घटना, दुई जनाको मृत्यु

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-८ बैदमार क्षेत्रमा रहेको काठमाडौं-तराई द्रुतमार्ग

फिफा विश्वकप फुटबल २०२६ आज रातिबाट सुरु हुँदै

काठमाडौं । फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप २०२६ आज

पहिरोले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो

कालीकोट । पहिराका कारणले अवरुद्ध रहेको कर्णाली करिडोर आज बिहानदेखि