२० भदौ २०८३, शनिबार | September 5, 2026

प्रधानमन्त्री शाहले संस्कृत श्लोकमार्फत दिए नयाँ वर्षको शुभकामना : ‘सर्वे भवन्तु सुखिन‍.. ’



काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नयाँ वर्ष २०८३ को अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै उनले सबैको जीवन सुखमय रहोस् भन्ने कामना व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री शाहले आफ्नो सन्देशमा ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः। सर्वे भद्राणि पश्यन्तु, मा कश्चिद् दुःखभाग् भवेत्॥’ श्लोक उद्धृत गर्दै सबैको सुख, स्वास्थ्य र कल्याणको प्रार्थना गरेका छन् ।

उनले नयाँ वर्षले नेपाली समाजमा सकारात्मक ऊर्जा, आपसी सद्भाव र सहकार्यलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् । साथै समृद्ध नेपाल निर्माणका लागि सबैको सहकार्य आवश्यक रहेको पनि उल्लेख गरेका छन् ।

प्रधानमन्त्रीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई नयाँ वर्षको शुभकामना दिएका छन् ।

प्रकाशित मिति : १ बैशाख २०८३, मंगलबार  ८ : ०० बजे

‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’

काठमाडौं । म त पर्खेको पर्खै छु बतास बनी छुन

खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो

इलाम । परम्परागत खेतीबाट राम्रो आम्दानी लिन कठिन भइरहेका बेला

तिनाउमा बन्ने सिग्नेचर ब्रिजको ठेक्का सम्झौता, ३ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य

बुटवल । पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल-गोरुसिङ्गे सडकखण्ड विस्तार योजनासँगै बुटवलस्थित तिनाउ

भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै

काठमाडौं । श्रीकृष्णको जन्म भएको खुशियालीमा आज देशका विभिन्न भागमा

भोटेकोशी बाढीमा ४,८९८ जना बेपत्ता, १,३४४ शव फेला

काठमाडौं । नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको बाढीपछिको खोज, उद्धार