२९ बैशाख २०८३, मंगलबार | May 12, 2026

सरकारका प्रवक्ता भन्छन् – टीयू क्रिकेट मैदान भत्किने हल्ला निराधार



काठमाडौं । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय परिसरमा रहेको क्रिकेट मैदान भत्काइने भन्ने चर्चा असत्य रहेको बताएका छन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले टीयू क्रिकेट मैदानबारे फैलिएको हल्लामा कुनै सत्यता नभएको स्पष्ट पारे।

मन्त्री पोखरेलका अनुसार सोमबार बिहान मात्रै त्रिविका पदाधिकारीसँग यस विषयमा छलफल भएको थियो। उनले मैदान भत्काउने कुनै योजना नरहेको उल्लेख गरे।

‘अघिल्लो लिज सम्झौता सकिएको छ, अब नयाँ मोडालिटीमा भाडा सम्झौता गरिन्छ,’ उनले भने, ‘राज्यको यति ठूलो लगानी भएको संरचना भत्काइँदैन। समाप्त भएको लिजलाई नयाँ सम्झौतामार्फत निरन्तरता दिइनेछ।’

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार  ४ : २४ बजे

एसईईको नतिजा : सबैभन्दा उच्च ३.६० देखि ४.०० जीपीए प्राप्त गर्ने विद्यार्थी संख्या ४८ हजार बढी

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज साँझ अबेर सार्वजनिक गरेको

आयो एसईईको नतिजा, कसरी हेर्ने नतिजा ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को

नीति तथा कार्यक्रमबारे नेताहरूको मिश्रित प्रतिक्रिया

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा

राष्ट्रपतिको सम्बोधनका लागि राष्ट्रियसभाको धन्यवाद

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त

आइएमई खल्तीले ल्यायो सुपर वालेट सुविधा

काठमाडौ । आइएमई खल्ती लिमिटेड ९खल्ती० ले आफ्ना सम्पूर्ण प्रयोगकर्ताहरूका