११ असार २०८३, बिहिबार | June 25, 2026

पसल काउण्टरबाट पैसा चोर्ने समूहका एकजना पक्राउ



नेपालगन्ज । पसलको काउण्टरबाट पैसा चोर्ने समुहका एकजनालाई आज स्थानीयले रङ्गेहात समातेर प्रहरीलाई बुझाएका छन् । बाँके खजुरा, १ नम्बर बजारको एक पसलको काउण्टरबाट पैसा चोर्ने क्रममा स्थानीयले भेटाएपछि उनलाई समातेर इलाका प्रहरी कार्यालय धनौलीमा बुझाएका हुन् ।

नेपालगन्ज र खजुरा क्षेत्रमा लगातार काउण्टरबाट पैसा चोरी हुने सृङ्खाला बढेसँगै चोरी गर्ने समूहका एकजनालाई स्थानीयले पक्राउ गर्न सफल भएका हुन् । पक्राउ पर्नेमा बर्दिया राजापुर घर भई नेपालगन्ज नन्दनी मील पछाडी बस्दै आएका ५० वर्यिाय राजकुमार चौधरी रहेका छन् ।

चौधरी पक्राउ परेसँगै सीसी क्यामेरामा कैद भएको भिडियोको आधारमा चौधरी संलग्न रहेको चोरी भएका पीडितहरु प्रहरीको सम्पर्कमा आउन थालेका छन् । आजै नेपालगन्ज घरबारी टोलका बुद्ध श्रेष्ठ सीसी टिभी फुटेजमा देखिएका चौधरीलाई खोज्दै इप्रका धनौली पुगेका थिए ।

श्रेष्ठको ३ दिन अगाडी मात्र पसलबाट चाबी चोरेर घरकोठाबाट दराज फोडेर धनमाल चोरी भएको थियो । सीसी टिभीमा देखिएको दृष्यमा चौधरी रहेको फेला परेपछि श्रेष्ठ प्रहरी समक्ष पुगेका हुन् । चोरी कार्यमा संलग्न चौधरी पक्राउ परेको इलाका प्रहरी कार्यालय धनौलीका प्रहरी निरीक्षक नविन चापागाईले पुष्टी गरे । पक्राउ परेका चौधरीमाथि अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित मिति : २७ बैशाख २०८३, आइतबार  ९ : ५८ बजे

देशभरका २६ लाख किसानको सूचीकरण सम्पन्न

काठमाडौँ । किसान सूचीकरण प्रणालीमा अहिलेसम्म देशभरका २६ लाख किसान

सैन्य अभ्यासका क्रममा एक जना सैनिक जवानको मृत्यु

कैलाली । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका क्रममा

नेप्से परिसूचक आठ अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज

स्थायी व्यवस्थापनको माग गर्दै सुकुम्बासीको चेतावनी, ‘होल्डिङ सेन्टरबाट हटाए पुरानै बासस्थान फर्किन्छौं’

काठमाडौं । होल्डिङ सेन्टरमा राखिएका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले

तरकारी उत्पादनमा दोब्बरले वृद्धि

मलेखु । आधुनिक कृषि प्रविधिको बढ्दो प्रयोग र प्राविधिक ज्ञानको