२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु



म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको महभिर र भिरकाटेमा बिस्फोटक पदार्थको सहायतामा पहाड काटेर सडक फराकिलो पार्न थालिएको छ ।

बेनी जोमसोम कोरला सडक आयोजना कार्यालयले अन्नपूर्ण गाउँपालिका-६ भिरकाटे र वडा नं ७ मा पर्ने महभिरको पहाडमा सडक फराकिलो पार्न रु सात करोड बढी लागतको आयोजना सुरु गरेको हो । आयोजना प्रमुख तेजस्वी शर्माले ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले पहाडमा बिस्फोटक पदार्थको प्रयोग गरी सडक फराकिलो पार्न ‘ड्रिलिङ’ गर्न थालेको जानकारी दिए ।

“डिलतर्फ कालीगण्डकी नदी र कुनामा अग्लो कडा चट्टानी पहाड भएको महभिर र भिरकाटे क्षेत्रमा सडक फराकिलो पार्न बिस्फोटक पदार्थको सहायता लिनुपरेको हो”, उनले भने, “हाल एकतर्फी रूपमा सञ्चालनमा रहेको यस क्षेत्रको सडकलाई दुई लेनको ११ मिटर फराकिलो बनाउने र ढलान गर्ने लक्ष्य छ ।”

आगामी असोजसम्म सम्पन्न गर्ने लक्ष्यसहित रु सात करोड सात लाख ७४ हजारमा कालीमाता-थापाकाजी-रसुवा जेभीसँग ठेक्का सम्झौता भएको आयोजना प्रमुख शर्माले जानकारी दिए । “विसं २०६४ मा नेपाली सेनाले मार्ग खोलेको महभिर र भिरकाटे खण्डको करिब ७०० दूरीको करिब पाँचदेखि छ मिटर फराकिलो सडकमा दुईतर्फी सवारीसाधन सञ्चालन हुन सक्दैनन् । मालवाहक र यात्रुवाहक सवारीसाधन पार हुन आलोपालो गर्नुपर्ने अवस्था छ”, उनले भने ।

सुरुङ मार्ग बनाउन करिब रु एक अर्ब लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारे पनि आर्थिक स्रोत अभावका कारण पहाड काटेर फराकिलो पार्ने विकल्प अपनाइएको प्रमुख शर्माले उल्लेख गरे । “सम्भव भएको ठाउँमा कालीगण्डकी किनारमा पक्की पर्खाल बनाएर सडक फराकिलो पार्ने विकल्प अपनाइएको छ भने डिलतर्फ विस्तार गर्ने सम्भव नभएको ठाउँमा भित्ताको पहाड फुटाउन लागिएको हो”, उनले भने ।

चीनको सिमानामा रहेको कोरलानाका जोड्ने २०२ किलोमिटर दूरीको बेनी-जोमसोम-कोरला सडकको म्याग्दी खण्डका विभिन्न ठाउँमा पहिरो रोकथामको काम पनि भइरहेको बेनी जोमसोम कोरला सडक आयोजना कार्यालयले जनाएको छ । कार्यालयका अनुसार चमेरे, बैसरी, सिरुवारी, गुइँठेभिर, खामभित्ता, लाटाखोला, रुप्से र घोप्टेभिर क्षेत्रमा रु २६ करोडको लागतमा पहिरो रोकथामको काम भइरहेको हो ।

प्रकाशित मिति : १ जेष्ठ २०८३, शुक्रबार  ३ : १७ बजे

काठमाडौं २४ घण्टा खुलाउने तयारी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले ठमेलमात्र नभई समग्र काठमाडौंलाई

मधेस प्रदेश सरकारमा सहभागी नेकपाका चार मन्त्रीद्वारा राजीनामा, सरकारको समर्थ फिर्ता

जनकपुरधाम । मधेस प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टीबाट मन्त्री हुनुभएका

नेपाल सरकार र टिकटक प्रतिनिधिबीच सहकार्यका विषयमा उच्चस्तरीय छलफल

काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र टिकटकका सरकारी

रास्वपा नेता-कार्यकर्तालाई उच्च राजनीतिक चरित्र देखाउन सभापति लामिछानेको निर्देशन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीका

उत्तरढोकामा ग्लोबल आइएमई बैंकको १२ तले अत्याधुनिक कर्पोरेट भवन निर्माण सुरु

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँको उत्तरढोकामा आफ्नो अत्याधुनिक