३ श्रावण २०८३, आइतबार | July 19, 2026

चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण



बेइजिङ । चीनले शुक्रबार ‘लिजियान’ वाहक रकेट प्रक्षेपण गर्दै पाँचवटा उपग्रह सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ ।

यो रकेट उत्तरपश्चिम चीनस्थित डोङफेङ व्यावसायिक अन्तरिक्ष नवप्रवर्तन परीक्षण क्षेत्रबाट दिउँसो १२ः३३ बजे (बेइजिङ समयअनुसार) प्रक्षेपण गरिएको थियो । रकेटले सबै उपग्रहहरूलाई सफलतापूर्वक निर्धारित कक्षामा पु¥याएको जनाइएको छ ।

यो मिसन लिजियान रकेटको १३औँ उडान तथा लिजियान शृङ्खलाको १४औँ प्रक्षेपण हो । हालसम्म लिजियान शृंखलाले कुल १०० वटा उपग्रह अन्तरिक्षमा पठाइसकेको छ भने कक्षामा स्थापित सामग्रीको कुल तौल १८ टनभन्दा बढी पुगेको छ ।

चीनद्वारा विकसित लिजियान ठोस इन्धन प्रयोग गर्ने वाहक रकेट हो, जसमा तीव्र प्रतिक्रिया क्षमता रहेको छ । कम्पनीका अनुसार यसले सार्वभौमिक प्लेटफर्ममा आधारित डिजाइन अपनाएको छ, जसले विभिन्न प्रकारका उपग्रह मिसनहरूसँग सजिलै अनुकूलन हुन सक्ने सुविधा प्रदान गर्दछ ।

यस प्रक्षेपणमा पठाइएको ‘तियानयान–२७’ नामक उपग्रहमा अन्तरिक्ष प्रदर्शन स्क्रिन, अन्तरिक्ष निगरानी क्यामेरा, इन्फ्रारेड क्यामेरा तथा स्मार्ट डाटा प्रशोधन प्रणाली जडान गरिएको छ ।

यस उपग्रहले नयाँ इन्फ्रारेड दूरसंवेदी प्रविधिको कक्षीय परीक्षण गर्नुका साथै अन्तरिक्षमा प्रदर्शन, सेल्फी खिच्ने तथा बुद्धिमत्तापूर्ण डाटा प्रशोधनसम्बन्धी कार्यहरू गर्नेछ ।

कम्पनीले आगामी दिनमा मोड्युलर समग्र डिजाइन, रकेट पुनःप्रयोग तथा सम्पूर्ण रकेटको स्वास्थ्य निगरानी र मर्मतजस्ता क्षेत्रमा थप अनुसन्धान र विकासलाई निरन्तरता दिने जनाएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०८३, शनिबार  १० : ५२ बजे

श्रीलंका भ्रमण सफलतापूर्वक सम्पन्न गरी प्रचण्ड स्वदेश फिर्ता

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो, २७ करोडभन्दा बढी राजस्व सङ्कलन

चितवन । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा चितवन राष्ट्रिय

संसदमा भूमिका प्रभावकारी बनाउन एमालेद्वारा सांसदलाई प्रशिक्षण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संसद्मा आफ्नो भूमिकालाई प्रभावकारी

‘लिन्याक मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब

सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा

काठमाडौं । बितेका २४ घण्टामा सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा