६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

स्वास्थ्य परीक्षण नै नगरि निरोगिताको प्रमाणपत्र दिने २ जना चिकित्सक सहित ५ जना पक्राउ



नेपालगन्ज । यातायात व्यवस्था कार्यालय नेपालगन्जमा स्वास्थ्य परिक्षण नै नगरि निरोगिताको प्रमाणपत्र दिने २ जना चिकित्सक सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । सवारी चालक अनुमती पत्र लिन तथा सावारी अनुमती पत्र नबिकरण गर्दा आवश्यक पर्ने मेडिकल चेकजाँच निरोगिताको प्रमाण-पत्र सेवाग्राहीको स्वास्थ्य परीक्षण नै नगरि वितरण गर्ने गरेका २ जना चिकित्सक र उनका सहयोगी गरि ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा डा. मनोजकुमार यादव र डा नागेश्वर प्रसाद साहसहित ५ जना रहेका छन् । उनीहरुले सवारी चालक अनुमतिपत्र लिँदा र नविकरण गर्दा आवश्यक पर्ने आधिकारीक व्यक्ति मार्फत चेकजाँच गरी चिकित्सक मेडिकल रिपोर्ट दिनु पर्नेमा चिकित्सक प्रमाणपत्रमा सहि गरी छाडी अन्य कर्मचारीले निवेदकको नामथर ठेगाना लेखी वितरण गर्ने गरेको उजुरीका आधारमा पक्रउ गरिएको प्रहरीले जनाएको छ ।

यातायात व्यवस्था कार्यालयमा सूचिकृत चिकित्सकले निवेदकको स्वास्थ्य परीक्षण गरि प्रमाणपत्र दिनुपर्नेमा अग्रीम प्रमाणपत्रमा हस्ताक्षर र छाप लगाएर कार्यालयमा छाड्ने गरेको र सोही प्रमाणपत्रमा २०० रुपैयाँ लिएर निवेदकको नामथर उल्लेख गरेर कार्यालयमा पेशहुने गरेको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक अंगुर जीसीले बताए । बिना जाँच निरोगिताको प्रमाणपत्र वितरण गरीरहेको छ भन्ने सूचना प्राप्त भएको आधारमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटाई निगरानी तथा अवलोकन गर्ने क्रममा त्यस किसिमका कार्य हुने गरेको पाइएपछि २ जना चिकित्सक र उनका सहयोगीहरुलाई पक्राउ गरिएको एसपी जिसीले बताए ।

चिकित्सक समेत पाँच जना व्यक्तिहरुलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ असार २०८३, बिहिबार  १० : ४७ बजे

दक्षिण अफ्रिका मिलर कर्णालीमा आबद्ध

काठमाडौं । दक्षिण अफ्रिकाका क्रिकेटर डेविड मिलर नेपाल प्रिमियर लिग

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की ।आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण आगामी

भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य सम्मेलनको रौनक

भक्तपुर । भक्तपुरमा उल्लेख्य जनसहभागितासहित ४६औँ नेपालभाषा साहित्य सम्मेलन तथा

चीनको मरुभूमिमा फस्टाएको सीमापार मित्रता

बेइजिङ । अमेरिकी इतिहासका सेवानिवृत्त शिक्षक रोनाल्ड साकोल्स्की र चिनियाँ