८ भदौ २०८३, सोमबार | August 24, 2026

स्वास्थ्य परीक्षण नै नगरि निरोगिताको प्रमाणपत्र दिने २ जना चिकित्सक सहित ५ जना पक्राउ



नेपालगन्ज । यातायात व्यवस्था कार्यालय नेपालगन्जमा स्वास्थ्य परिक्षण नै नगरि निरोगिताको प्रमाणपत्र दिने २ जना चिकित्सक सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । सवारी चालक अनुमती पत्र लिन तथा सावारी अनुमती पत्र नबिकरण गर्दा आवश्यक पर्ने मेडिकल चेकजाँच निरोगिताको प्रमाण-पत्र सेवाग्राहीको स्वास्थ्य परीक्षण नै नगरि वितरण गर्ने गरेका २ जना चिकित्सक र उनका सहयोगी गरि ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा डा. मनोजकुमार यादव र डा नागेश्वर प्रसाद साहसहित ५ जना रहेका छन् । उनीहरुले सवारी चालक अनुमतिपत्र लिँदा र नविकरण गर्दा आवश्यक पर्ने आधिकारीक व्यक्ति मार्फत चेकजाँच गरी चिकित्सक मेडिकल रिपोर्ट दिनु पर्नेमा चिकित्सक प्रमाणपत्रमा सहि गरी छाडी अन्य कर्मचारीले निवेदकको नामथर ठेगाना लेखी वितरण गर्ने गरेको उजुरीका आधारमा पक्रउ गरिएको प्रहरीले जनाएको छ ।

यातायात व्यवस्था कार्यालयमा सूचिकृत चिकित्सकले निवेदकको स्वास्थ्य परीक्षण गरि प्रमाणपत्र दिनुपर्नेमा अग्रीम प्रमाणपत्रमा हस्ताक्षर र छाप लगाएर कार्यालयमा छाड्ने गरेको र सोही प्रमाणपत्रमा २०० रुपैयाँ लिएर निवेदकको नामथर उल्लेख गरेर कार्यालयमा पेशहुने गरेको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक अंगुर जीसीले बताए । बिना जाँच निरोगिताको प्रमाणपत्र वितरण गरीरहेको छ भन्ने सूचना प्राप्त भएको आधारमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटाई निगरानी तथा अवलोकन गर्ने क्रममा त्यस किसिमका कार्य हुने गरेको पाइएपछि २ जना चिकित्सक र उनका सहयोगीहरुलाई पक्राउ गरिएको एसपी जिसीले बताए ।

चिकित्सक समेत पाँच जना व्यक्तिहरुलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ असार २०८३, बिहिबार  १० : ४७ बजे

लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मधेस तथा थरुहट

बाजुराको सरकारी टोली बडीमालिका प्रस्थान

बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्रका धरोहर मानिने बडीमालिकामा पूजा

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

बागमती । मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–२ मा अवस्थित मकवानपुरगढी दरबार

पर्सा राष्ट्रिय निकुञ्जमा ‘सिए टिएस’ प्रमाणीकरण

जनकपुरधाम । पर्सा राष्ट्रिय निकुञ्जमा पाठेबाघको सङ्ख्या बढेसँगै संरक्षण व्यवस्थापनलाई

बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

म्याग्दी । म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको