८ असार २०८३, सोमबार | June 22, 2026

लायन्स क्लब अफ बुटवल खस्यौलीको पदहस्तान्तरण सम्पन्न



बुटवल । सामाजिक सेवामा समर्पित लायन्स क्लब अफ बुटवल खस्यौलीको पदहस्तान्तरण तथा पदभार ग्रहण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

कार्यक्रमको पहिलो सत्रको अध्यक्षता निवर्तमान अध्यक्ष लायन दृश्य बरालले गरेका थिए भने क्लबका संस्थापक अध्यक्ष एमजेएफ लायन मुक्ति प्रसाद श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित थिए ।

कार्यक्रममा निवर्तमान कार्यसमितिले नव-निर्वाचित नेतृत्वलाई पद तथा जिम्मेवारी हस्तान्तरण गरेको थियो । पदहस्तान्तरणसँगै अध्यक्ष लायन सुमन रश्मी श्रेष्ठले पदभार ग्रहण गर्दै आगामी कार्यकालका लागि क्लबको कार्ययोजना सार्वजनिक गरेका थिए । उनले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा मानवीय सेवाका क्षेत्रमा प्रभावकारी कार्यक्रम सञ्चालन गरी क्लबलाई थप सक्रिय र सेवामुखी बनाउने प्रतिबद्धता व्यक्त गरे ।

प्रमुख अतिथि एमजेएफ लायन मुक्ति प्रसाद श्रेष्ठले लायन्स अभियानको मूल मन्त्र निःस्वार्थ सेवा भएको उल्लेख गर्दै समाजका आवश्यकता र समस्यालाई सम्बोधन गर्न क्लब अझ सक्रिय हुनुपर्ने बताए । उनले लायन्स क्लब अफ बुटवल खस्यौलीले विगतमा सञ्चालन गरेका सामाजिक कार्यहरूको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सम्पूर्ण सदस्यहरूलाई आग्रह गरे ।

कार्यक्रममा निवर्तमान पदाधिकारीहरूको योगदानको कदर गर्दै सम्मान गरिएको थियो भने नव-निर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो । साथै, क्लबमा आबद्ध भएका नयाँ सदस्यहरूलाई अन्तर्राष्ट्रिय पिन तथा प्रमाणपत्र प्रदान गरिएको थियो । विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने सदस्यहरूलाई अन्तर्राष्ट्रिय अवार्डबाट समेत सम्मान गरिएको थियो ।

कार्यक्रमको पहिलो सत्र सचिव ओसिन श्रेष्ठले तथा दोस्रो सत्र सचिव रेशम न्यौपानेले सञ्चालन गरेका थिए । कार्यक्रममा क्लबका सदस्य, विभिन्न लायन्स क्लबका प्रतिनिधि, समाजसेवी तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । वक्ताहरूले नयाँ नेतृत्वलाई लायन्स अभियानलाई थप प्रभावकारी बनाउँदै समाजसेवाका कार्यलाई निरन्तरता दिन आग्रह गरेका थिए ।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  १२ : ५० बजे

लायन्स क्लब अफ बुटवल खस्यौलीको पदहस्तान्तरण सम्पन्न

बुटवल । सामाजिक सेवामा समर्पित लायन्स क्लब अफ बुटवल खस्यौलीको

रास्वपा महाधिवेशन : अझैसम्म सुरू हुन सकेन बन्दसत्र

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशन

ग्रे लिस्टबाट बाहिरिन नेपाल असफल, एफएटीएफले राख्यो यथावत्

काठमाडौं । फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले नेपाललाई सम्पत्ति

टिपर दुर्घटनामा चालकको मृत्यु

तनहुँ । स्थानीय बन्दीपुर गाउँपालिका-४ गुम्बानजिक टिपर दुर्घटनामा परी चालकको

सुनचाँदीको मूल्यमा वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदी दुवै बहुमूल्य