२९ असार २०८३, सोमबार | July 13, 2026

नयाँ राहदानी प्रणाली सञ्चालनमा, एक करोड नागरिकको विवरण सफलतापूर्वक स्थानान्तरण



काठमाडौं । राहदानी विभागले नेपालको इतिहासमै सबैभन्दा ठूलो डेटा स्थानान्तरण कार्य सम्पन्न गर्दै आइतबारदेखि नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याएको छ । विभागका अनुसार करिब एक करोड नेपाली नागरिकको राहदानीसम्बन्धी विवरण सुरक्षित रूपमा नयाँ प्रणालीमा सारिएको छ ।

विभागले नयाँ सूचना प्रविधि प्रणाली कार्यान्वयनसँगै सेवा प्रवाहलाई थप प्रभावकारी, सुरक्षित र व्यवस्थित बनाउने लक्ष्य राखेको जनाएको छ । यद्यपि प्रारम्भिक चरणमा प्रणालीमा केही प्राविधिक चुनौती, सेवा सुस्तता तथा राहदानी वितरणमा सामान्य ढिलाइ हुन सक्ने विभागले जनाएको छ ।

सम्भावित समस्या समाधानका लागि विभागको प्राविधिक टोली, कर्मचारी तथा प्रणाली विकास गर्ने कम्पनीका विशेषज्ञहरू २४ सै घण्टा निगरानी, परीक्षण र सुधार कार्यमा खटिएको विभागले जनाएको छ । विभागले देखिएका समस्या छिट्टै समाधान गर्दै सेवा प्रवाहलाई थप सहज बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

नयाँ प्रणालीको सुरुवाती चरणलाई ध्यानमा राख्दै विभागले अत्यावश्यक आवश्यकता भएका सेवाग्राहीलाई मात्र तत्काल आवेदन दिन अनुरोध गरेको छ । यसले प्रणालीलाई स्थिर र प्रभावकारी बनाउन सहयोग पुग्ने विभागको विश्वास छ ।

विभागले राहदानी सेवासम्बन्धी सूचना प्राप्त गर्दा आधिकारिक स्रोतमा मात्र विश्वास गर्न आग्रह गरेको छ । विभाग वा परराष्ट्र मन्त्रालयबाट प्रकाशित सूचना तथा जानकारीलाई मात्र आधार बनाउन सेवाग्राहीलाई अनुरोध गरिएको छ ।

राहदानी विभागले नेपाली नागरिकलाई चुस्त, छरितो, सुरक्षित र विश्वसनीय सेवा उपलब्ध गराउन आफू निरन्तर प्रतिबद्ध रहेको जनाएको छ ।

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  ११ : २२ बजे

कर्रा खोलाको बाढीमा ट्रक बग्यो, चालक घाइते

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१७ स्थित कर्रा खोलामा सोमबार बिहान

नयाँ राहदानी प्रणाली सञ्चालनमा, एक करोड नागरिकको विवरण सफलतापूर्वक स्थानान्तरण

काठमाडौं । राहदानी विभागले नेपालको इतिहासमै सबैभन्दा ठूलो डेटा स्थानान्तरण

छत्रगञ्ज रुपन्देही समाजद्वारा पर्यटन प्रवर्द्धनमा नयाँ पहल

अर्घाखाँची । सामाजिक तथा पर्यटन प्रवर्द्धनका क्षेत्रमा सक्रिय छत्रगञ्ज रुपन्देही

अस्पतालबाट जेनजी अगुवा माजिद अन्सारीको अपिल : ‘जीवन र स्वतन्त्रताको सुरक्षा सुनिश्चित गरियोस्’

काठमाडौं । जेनजी अभियन्ता माजिद अन्सारीले आफूलाई प्रहरीले गैरकानुनी रूपमा

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

बाँके । बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकालाई जोड्न राप्ती नदीमा