२४ भदौ २०८३, बुधबार | September 9, 2026

लोकतान्त्रिक आन्दोलनका अग्रणी व्यक्तित्व देवेन्द्रराज पाण्डेको निधन



काठमाडौं । नागरिक अगुवा, पूर्वअर्थमन्त्री तथा लोकतान्त्रिक आन्दोलनका अग्रणी व्यक्तित्व देवेन्द्रराज पाण्डेको निधन भएको छ । उपचाररत पाण्डेलाई चिकित्सकको सल्लाहअनुसार शुक्रबार साँझ घर लगिएको थियो । घरमै शुक्रबार साँझ करिब पौने ८ बजे उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

यसअघि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई पाटन अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उपचारपछि चिकित्सकको सुझावअनुसार उनलाई घर फर्काइएको थियो ।

पाण्डेको निधनप्रति विभिन्न क्षेत्रका व्यक्तित्वहरूले श्रद्धाञ्जली व्यक्त गरेका छन् । पत्रकार नारायण वाग्लेले सामाजिक सञ्जालमार्फत् दुःख व्यक्त गर्दै नागरिक स्वतन्त्रता, समानता, अधिकार र लोकतन्त्रका पक्षमा पाण्डेले पुर्‍याएको योगदान स्मरण गरेका छन् ।

त्यस्तै, कवि अर्जुन पराजुलीले पनि सामाजिक सञ्जालमार्फत् पाण्डेको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

पाण्डे नेपाली लोकतान्त्रिक आन्दोलनका महत्वपूर्ण अभियन्ताका रूपमा परिचित थिए । २०३६ सालको जनमत संग्रहका बेला राज्यको अनावश्यक खर्चप्रति असहमति जनाउँदै उनले अर्थसचिव पदबाट राजीनामा दिएका थिए ।

अध्ययन, अनुसन्धान र नागरिक अभियानमा सक्रिय पाण्डेले २०४६ सालको जनआन्दोलनमा नागरिक समाजको तर्फबाट नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । २०४७ सालमा गठित अन्तरिम सरकारमा अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका उनी २०६२/६३ को लोकतान्त्रिक आन्दोलनमा समेत सक्रिय रूपमा सहभागी भएका थिए ।

उनको निधनसँगै लोकतन्त्र, सुशासन र नागरिक अधिकारका पक्षमा निरन्तर आवाज उठाउने एक अग्रणी व्यक्तित्वलाई मुलुकले गुमाएको छ ।

प्रकाशित मिति : २ श्रावण २०८३, शनिबार  ७ : ५२ बजे

प्रधानमन्त्री राहत कोषमा रु १२ अर्ब

काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब रु १२ अर्ब जम्मा

प्रधानमन्त्री शाह तीनवटै सुरक्षा निकायका प्रमुखसँगको छलफलमा

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय

भोटेकोशी बाढीः एक हजार ३६७ शव फेला

काठमाडौ । रसुवा बाढीमा परी बेपत्ता भएकामध्ये हालसम्म एक हजार

सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्यमा उल्लेख्य

राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

  न्युयोर्क ।  संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु