काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् ।
बुधबार राष्ट्रपति भवन शीतल निवास पुगेर सभापति लामिछानेले राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका हुन्।
पछिल्लो राजनीतिक अवस्था, सुनसरी घटनापछि विकसित परिस्थितिसहित सर्वदलीय बैठकबाट भएका पहलका विषयमा छलफल भएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ।
सुनसरी घटनापछि राष्ट्रिय एकता, सामाजिक सद्भाव र शान्ति कायम राख्न राजनीतिक दलहरूबीच सहकार्य आवश्यक रहेको सन्देशसहित आजै सर्वदलीय बैठकबाट संयुक्त अपिल जारी गरिएको थियो ।

















प्रतिक्रिया