१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

रसुवा बाढीमा मृत्यु हुनेको संख्या ४६९ पुग्यो, ९७७ जना सम्पर्कविहीन



काठमाडौं । रसुवाको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ४६९ पुगेको छ । शुक्रबार बिहान ७ः३० बजेसम्मको विवरणअनुसार विभिन्न जिल्लामा ४६९ जनाको शव फेला परेको गृह मन्त्रालयअन्तर्गतको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखा (एनईओसी)ले जनाएको छ ।

एनईओसीका अनुसार चितवनमा सबैभन्दा धेरै १७५, नवलपरासी पूर्वमा ११०, गोरखामा ४४, नुवाकोटमा ३७, धादिङमा ३३, तनहुँमा २८, नवलपरासी पश्चिममा २७ र रसुवामा १२ जनाको शव फेला परेको छ ।

बाढी तथा अन्य विपद्का घटनामा ७३ जना घाइते भएका छन् । घाइतेमध्ये रसुवाका ४३, नुवाकोटका २७ र धादिङका तीन जना छन् । हालसम्म ३ हजार २५३ जनाको उद्धार गरिएको एनईओसीले जनाएको छ ।

खोजी, उद्धार तथा राहत कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ९ हजार ४०५ सुरक्षाकर्मी परिचालन गरिएको छ । तीमध्ये नेपाली सेनाका ४ हजार २४३, नेपाल प्रहरीका ३ हजार ३१८ र सशस्त्र प्रहरीका १ हजार ८४४ जना छन् ।

एनईओसीका अनुसार ९७७ जना सम्पर्कविहीन छन् । सम्पर्कविहीन हुनेमा नेपाली सेनाका ४५, नेपाल प्रहरीका २८, सशस्त्र प्रहरीका १३, भन्सार कार्यालयका १५ र अध्यागमन कार्यालयका चार जना रहेका छन् ।

उद्धार तथा राहतका लागि नेपाली सेनाका छ र निजी क्षेत्रका नौ गरी १५ वटा हेलिकप्टर परिचालन गरिएको छ ।

सरकारले राहत व्यवस्थापनका लागि रसुवालाई १ करोड, नुवाकोटलाई १ करोड र धादिङलाई ५० लाख रुपैयाँ गरी २ करोड ५० लाख रुपैयाँ पठाएको जनाएको छ । प्रभावित क्षेत्रमा स्लिपिङ ब्याग, ब्ल्याङ्केट, चार्जर, बिस्कुट तथा अन्य अत्यावश्यक खाद्य सामग्रीसहित १० ट्रक राहत सामग्रीसमेत पठाइएको छ ।

प्रकाशित मिति : १२ भदौ २०८३, शुक्रबार  ११ : ४८ बजे

भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढ्यो, नदी किनारमा उच्च सतर्कता

काठमाडौं । रसुवाको भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढेको सूचना

भोटेकोशीको भेल : बगायो बस्ती, बढायो सन्त्रास

काठमाडौं । ‘तेता के के हुँदैछ, यता बाढी पसेर फेरि

रसुवा बाढीमा मृत्यु हुनेको संख्या ४६९ पुग्यो, ९७७ जना सम्पर्कविहीन

काठमाडौं । रसुवाको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ४६९

चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला

चितवन । रसुवा बाढीका कारण त्रिशूली तथा नारायणी नदीमा १७८