१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढ्यो, नदी किनारमा उच्च सतर्कता



काठमाडौं । रसुवाको भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढेको सूचना प्राप्त भएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

बाढीको गम्भीर जोखिमलाई मध्यनजर गर्दै नुवाकोटको सदरमुकाम विदुर र त्रिशूली बजार क्षेत्रमा उद्धारमा खटिएका डोजर, उपकरण तथा उद्धारकर्मीलाई क्षतिग्रस्त क्षेत्रबाट तत्काल सुरक्षित स्थानमा सारिएको छ ।

रसुवामा खटिएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीप शमशेर राणाका अनुसार सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षाकर्मीले सीमा क्षेत्र तथा नदी किनारका सडकमा आवागमन पूर्ण रूपमा रोकेका छन् ।

भोटेकोशीमा पानीको सतह निरन्तर बढिरहेको जनाइएको छ । नदीको बहावमा थप वृद्धि हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै तल्लो तटीय क्षेत्रमा कार्यरत उद्धारकर्मी तथा सर्वसाधारणलाई सुरक्षित स्थानमा जान चेतावनी दिइएको छ ।

प्राधिकरणले नदीको बहावमा आउने कुनै पनि परिवर्तनलाई गम्भीरतापूर्वक लिन र जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नबस्न आग्रह गरेको छ ।

प्रकाशित मिति : १२ भदौ २०८३, शुक्रबार  १२ : ४४ बजे

प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गरिने

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब तथा पारिश्रमिक

सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर

काठमाडौँ । आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई

भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढ्यो, नदी किनारमा उच्च सतर्कता

काठमाडौं । रसुवाको भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढेको सूचना

भोटेकोशीको भेल : बगायो बस्ती, बढायो सन्त्रास

काठमाडौं । ‘तेता के के हुँदैछ, यता बाढी पसेर फेरि