काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण हालसम्म ९०३ जनाको मृत्यु भएको छ भने ४ हजार २४७ जना अझै सम्पर्कविहीन रहेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार हालसम्म १० हजार ४५१ जनाको सकुशल उद्धार गरिएको छ।
प्राधिकरणका अनुसार फेला परेका ९०३ वटा शवमध्ये सबैभन्दा धेरै चितवनमा २७२ र नवलपरासी पूर्वमा २०७ जना रहेका छन्। यस्तै नवलपरासी पश्चिममा १५१, नुवाकोटमा ९५, गोरखामा ६२, धादिङमा ५५, तनहुँमा ३७ र रसुवामा २४ जनाको शव फेला परेको छ।
बाढीका कारण सुरक्षा निकाय र निजामती कर्मचारीसमेत ठूलो सङ्ख्यामा बेपत्ता भएका छन्। प्राधिकरणका अनुसार नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५ र अध्यागमन कार्यालयका ३ जना कर्मचारी अझै सम्पर्कविहीन छन्।
यसैगरी जलविद्युत् आयोजनाहरूका ९३३ जना, मकवानपुरका ६५ जना र लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना कर्मचारी बेपत्ता रहेका छन्। बाढी प्रभावित क्षेत्रबाट नेपाल भ्रमणमा आएका ५९२ जना विदेशी नागरिक र गैरआवासीय नेपाली (NRN)१२७ जना पनि सम्पर्कविहीन रहेको प्राधिकरणको विवरणमा उल्लेख छ। हाल प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइएको छ।
















प्रतिक्रिया