काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज राष्ट्रिय शोक दिवस मनाइँदै छ ।
राष्ट्रिय शोक दिवसका अवसरमा नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ ।
बाढीमा ज्यान गुमाएका नागरिकप्रति सम्मान तथा श्रद्धाञ्जली व्यक्त गर्दै सिंहदरबारस्थित विभिन्न मन्त्रालय तथा सरकारी कार्यालय परिसरमा आज राष्ट्रिय झण्डा आधा झुकाइएको छ ।
सरकारले भोटेकोशी बाढीमा ज्यान गुमाएका नागरिकप्रति सम्मान र श्रद्धाञ्जली व्यक्त गर्दै राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको हो । दिवसका अवसरमा मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिएको छ ।
















प्रतिक्रिया