२२ भदौ २०८३, सोमबार | September 7, 2026

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत



नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर गइरहेको बाँझो जमिनलाई वडाको मुख्य आम्दानीको स्रोत बनाएकाले उदाहरणीय काम गरेको हो । बाँकेको खजुरा गाउँपालिका–२ ले दुई बिघा सार्वजनिक जग्गामा अम्बा, आँप, लिची, कटहर, सुनकागती र ज्यामिरका बिरुवा रोपेर व्यावसायिक फलपूmलखेती सुरु गरेको छ । ताजा तथा अर्गानिक फल स्थानीय लाई बिक्री गर्ने र वडाको आम्दानी बढाउने उद्देश्यले फलपूmलखेती सुरु गरिएको गाँउपालिकाले जनाएको छ । वडाध्यक्ष धनराम ओलीले स्थानीयलाई कृषिप्रति आकर्षित गर्ने र जमिन बाँझो राख्न हुन्न भन्ने उदाहरण जनतालाई सिकाउने र देखाउने हाम्रो मुख्य उद्देश्य रहेको जानकारी दिए ।

अध्यक्ष ओलीले वडा कार्यालयको नाममा रहेको सार्वजनिक जग्गालाई ठेक्कामा दिने पुरानो अभ्यासको अन्त्य गरी वडा कार्यालयले उक्त खेती सुरु गरेको बताउनुभयो । साविक सीतापुर गाविसको नाममा रहेको एक बिघा सात कठ्ठा जग्गा यसअघि वार्षिक १० हजार रुपैयाँमा ठेक्कामा दिने प्रचलन थियो । कतिपय वर्ष ठेक्का नलाग्दा जग्गा बाँझै रहने अवस्थाको भने हाल अन्त्य भएको छ । उहाँले जनप्रतिनिधि र कर्मचारीको संयुक्त प्रयासमा सार्वजनिक सम्पत्तिलाई उत्पादनसँग जोड्ने अवधारणाअनुसार बागवानी खेती सुरु गरिएको बताए।

सार्वजनिक जग्गालाई उत्पादनसँग जोड्ने अभ्यास खजुरा गाँउपालिकाले सुरु गरेको भएको छ । उक्त अभियान खजुरा वडा नम्बर २ मा मात्र सीमित नरही देशभरका वडाले अनुसरण गर्न सके सार्वजनिक सम्पत्तिको उपयोग बढ्नुका साथै कृषि उत्पादनमा समेत सकारात्मक प्रभाव पर्छ । कृषि अभियान्ता कृष्ण पौडेलले जानकारी दिए।

नेपालमा युवा जनशक्ति रोजगारीका लागि विदेशपलायन भइरहेका बेला गाउँमा रहेका ज्येष्ठ नागरिकले खेती गर्न कठिन हुने अवस्थालाई मध्यनजर गर्दै बागवानी खेतीलाई वडाले प्राथमिकता दिइएकामा स्थानीयवासी खुसी छन् । अन्नबालीभन्दा बागवानी खेतीमा धेरै श्रम आवश्यक पर्दैन । आम्दानी पनि राम्रो हुन्छ । फलपूmलखेती गर्नाले भिरालो जमिनको माटो समेत कसिले बन्छ । र पहिरो जाने सम्भावना कम रहन्छ ।

एक पटक बिरुवा रोपेपछि नियमित सिँचाइ, रोग नियन्त्रण र वर्षमा दुई पटक मल व्यवस्थापन गरे पुग्छ । त्यसैले कम श्रममा पनि राम्रो उत्पादन लिन सकिन्छ । हाल वडाले दुई बिघा क्षेत्रफलमा थाइवान पिङ्ग प्रजातिका ७५ वटा अम्बा, दुई सय वटा आँप, २१ वटा कटहर, १७ वटा सुनकागती, ज्यामिर तथा एक सय वटा लिचीका बिरुवा समेत बाँझो जमिनमा लगाइएको छ ।

प्रकाशित मिति : २२ भदौ २०८३, सोमबार  २ : २८ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा