काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चूक्तापूँजीको ६ प्रतिशत लाभांस वितरण गर्ने निर्णय गरेको छ । बैंकको संचालक समितिको ५६४ औं बैठकले शेयरधनीहरुलाई चूक्तापूँजीको ६ प्रतिशत (कर सहित) लाभांस वितरण गर्ने निर्णय गरेको हो ।
बैंकका अनुसार ६ प्रतिशत लाभांसमा ३ प्रतिशत बोनस सेयर तथा ३ प्रतिशत नगद लाभांश वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको हो । बैंकले उक्त लाभांशलाई नेपाल राष्ट्र बैंकबाट स्विकृत भई आगामी बार्षिक साधारण सभाबाट पारित भए पश्चात वितरण गर्ने जनाएको छ ।
हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ्ग सेवा पु¥याउने उद्धेश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १५७ शाखा, १२ एक्सटेन्सन काउन्टर, ८८ शाखा रहित बैंकिङ्ग सेवा, १९३ एटिएम मार्फत १८ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
















प्रतिक्रिया