२१ आश्विन २०८३, बुधबार | October 7, 2026

यसियन पेन्टस् च्याम्पियन कप प्रतियोगिता : उपाधिका लागि सगरमाथा स्कूल र गुरुकुल भिड्ने



नेपालगन्ज । यसियन पेन्टस् च्याम्पियन कप अन्तर्गत जारी अण्डर –१८ फुटबल प्रतियोगिताको प्रदेशस्तरीय हुदै केन्द्रिय स्तरका लागि भोलि (मंगलवार) नेपालगन्ज रंगशालामा फाइनल खेल हुँदैछ । फाइनलमा नेपालगन्जको सगरमाथा इङ्लिस बोर्डिङ सेकेण्डरी स्कुल नेपालगन्ज र गण्डकी प्रदेशको गुरुकुल विद्या सदन आमनेसामने हुने भएका छन् ।

फाइनल खेलका लागि भोली साढे ३ बजे नेपालगन्ज रंगशालामा प्रतियोगिता हुने छ । प्रदेशस्तरमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्म पुगेका दुवै टोली केन्द्रिय उपाधिका लागि मैदानमा उत्रने भएका छन् ।

नेपालगन्जको सगरमाथा इङ्लिस बोर्डिङ सेकेण्डरी स्कुलले प्रतियोगिताको क्रममा बाँके जिल्लाका ३२ वटा टोलीलाई पछि पार्दै जिल्ला प्रथम बन्न सफल भएको थियो । जिल्ला तहमा उत्कृष्ट प्रदर्शन गरेको सगरमाथा स्कूलले त्यसपछि लुम्बिनी प्रदेशस्तरीय चरणमा दाङमा भएको खेलमा मेचीकाली सेकेण्डरी स्कुललाई पराजित गर्दै प्रदेश स्तरिय विजेता भएको थियो । लगातार उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा प्रवेश गरेको सगरमाथा घरेलु मैदानमा उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रने तयारीमा छ ।

अर्कोतर्फ गुरुकुल विद्या सदन, गण्डकी पनि प्रतियोगितामा प्रभावशाली प्रदर्शन गर्दै फाइनलमा पुगेको टोली हो । दुवै टोलीमा १८ वर्षमुनिका प्रतिभाशाली खेलाडीहरूको सहभागिता रहेकाले फाइनल प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गरिएको सगरमाथा इङ्लिस बोर्डिङ सेकेण्डरी स्कुलका एमडी कौशलराज पाण्डेयले जानकारी दिए ।

भोलीको फाइनल खेलले लुम्बिनी प्रदेशको अण्डर–१८ फुटबलमा नयाँ च्याम्पियनको लागि गण्डकी र लुम्बिनी बीच हुने छ भने पर्सि विहीवार सुदुरपश्चिम र गण्डकी बीच प्रतिस्पर्धा हुने छ । विजेता टिम बीच पुनः फाइनल खेलका लागि प्रतिस्पर्धा हुनेछ । ३ टिम बीच हुने प्रतिस्पर्धाका विजयी टिमले काठमाण्डौमा केन्द्रिय स्तरको खेल खेल्न पाउने छ ।

प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार  १० : ०७ बजे

भएनन् गगन थापा निर्विरोध, उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन (सूचीसहित)

काठमाडौँ । सामाजिक सञ्जाल मार्फत कार्यकर्ताहरुले कांग्रेस सभापति पदमा निर्विरोध

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौँ । सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

यसियन पेन्टस् च्याम्पियन कप प्रतियोगिता : उपाधिका लागि सगरमाथा स्कूल र गुरुकुल भिड्ने

नेपालगन्ज । यसियन पेन्टस् च्याम्पियन कप अन्तर्गत जारी अण्डर –१८

उपचार गर्दा करणीको आरोप लागेका थापा हिरासतमै गम्भीर बिरामी, आईसीयुमा उपचार हुँदै

कोहलपुर । एक युवतीलाई उपचार गर्ने क्रममा गोप्य अंगमा हात

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप