२५ आश्विन २०८३, आइतबार | October 11, 2026

सीएनआईवाईईएफ लुम्बिनीको ‘दसैँ कनेक्ट’ कार्यक्रम सम्पन्न



बुटवल । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ) लुम्बिनीले आयोजना गरेको ‘दसैँ कनेक्ट’ कार्यक्रम सम्पन्न गरेको छ । बुटवलस्थित हायात प्लेसमा आयोजित कार्यक्रममा मञ्चका नवनियुक्त अध्यक्ष बिकाश पाण्डेय, निवर्तमान अध्यक्ष राजन कसजुसहित मञ्चका सदस्यहरूको सहभागिता रहेको थियो ।

सदस्यहरूबीच आपसी सम्बन्ध विस्तार, व्यावसायिक सहकार्य र व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा सदस्यबीच परिचय तथा सम्बन्ध विस्तार, व्यवसाय प्रवर्द्धन, मनोरञ्जनात्मक तथा सम्बन्ध विकाससम्बन्धी खेल र आगामी दिनमा सञ्चालन गर्न सकिने कार्यक्रमबारे छलफल गरिएको थियो ।

कार्यक्रममा सहभागी युवा उद्यमीहरूले आफ्ना व्यवसायका अनुभव, सम्भावना र आपसी सहकार्यका विषयमा विचार तथा सुझाव आदानप्रदान गरेका थिए । विशेषगरी दसैँको शुभकामना आदानप्रदानमा केन्द्रित कार्यक्रमले सदस्यहरूबीच आत्मीयता, एकता र व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

कार्यक्रममा आगामी दिनमा मञ्चले सञ्चालन गर्ने विभिन्न गतिविधि, उद्यमशीलता प्रवर्द्धनका कार्यक्रम, सदस्यहरूबीच व्यावसायिक सञ्जाल विस्तार तथा युवा उद्यमीलाई लक्षित कार्यक्रमका विषयमा समेत छलफल भएको थियो । सदस्यहरूबाट प्राप्त सुझावले मञ्चका आगामी गतिविधिलाई थप प्रभावकारी र उपलब्धिमूलक बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

सीएनआईवाईईएफ लुम्बिनीले युवा उद्यमीहरूबीच सहकार्यको वातावरण निर्माण गर्दै व्यवसाय विस्तार, अनुभव आदानप्रदान र उद्यमशीलताको विकासमा योगदान पुर्‍याउने उद्देश्यसहित यस्ता कार्यक्रमलाई निरन्तरता दिने लक्ष्य राखेको छ ।

प्रकाशित मिति : २५ आश्विन २०८३, आइतबार  ३ : ०० बजे

बूढीगण्डकी बाढीमा फसेकाको हेलिकोप्टरमार्फत उद्धार

गोरखा । बूढीगण्डकी नदीमा आएको बाढीमा परेर अलपत्र परेकाहरूको हेलिकोप्टरमार्फत

बूढीगण्डकी बाढीप्रभावित नागरिकको उद्धार र राहतमा जुट्न प्रचण्डको आह्वान

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

घरघरमा जमरा राखियो

काठमाडौं । आज बिहान ११ः ४७ बजेको शुभ साइतमा घटस्थापना

सीएनआईवाईईएफ लुम्बिनीको ‘दसैँ कनेक्ट’ कार्यक्रम सम्पन्न

बुटवल । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ) लुम्बिनीले

तनहुँ जलविद्युत् आयोजनाद्वारा विपद् पूर्वतयारी र प्रतिकार्य क्षमता अभिवृद्धि गर्न नमुना अभ्यास

तनहुँ। तनहुँ जलविद्युत् आयोजनाले निर्माणस्थलमा हुन सक्ने सम्भावित विपद्को जोखिम