१ कार्तिक २०८३, शनिबार | October 17, 2026

देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जना पक्राउ



काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । नियमित गस्ती तथा चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।

प्रहरीका अनुसार मकवानपुरको हेटौँडा उपमहानगरपालिका-११ थानाभर्याङबाट नियन्त्रित लागुऔषध ट्रामाडोलसहित चितवनको राप्ती नगरपालिका-१ का ३२ वर्षीय गोविन्द तामाङ र मकवानपुरको मनहरी गाउँपालिका-३ लामिटारका २४ वर्षीय सफल विक्रम राणा पक्राउ परेका छन् ।

त्यसैगरी, ललितपुर महानगरपालिका-१८ वाइवाई चोकबाट ट्रामाडोलसहित धादिङको नीलकण्ठ नगरपालिका-५ घर भई ललितपुरको चुनिखेल बस्ने २२ वर्षीय नवीन आले मगरसहित दुई जना पक्राउ परेका छन् । उदयपुरको बेलका नगरपालिका-८ कोठुबाट नाइट्राजेपामसहित बेलका नगरपालिका-४ प्रगति टोलका २१ वर्षीय सरोज बर्देवा पक्राउ परेका छन् ।

कञ्चनपुरको बेलौरी नगरपालिका-१ फटैया खल्लाबाट ब्राउनसुगरजस्तो देखिने पदार्थसहित पुनर्वास नगरपालिका-११ डोकेबजारका ३० वर्षीय विशाल विक र कैलालीको जोशीपुर गाउँपालिका-९ का २२ वर्षीय कुशल चौधरी पक्राउ परेका छन् । त्यस्तै, झापाको मेचीनगर नगरपालिका-२ बाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित मेचीनगर नगरपालिका-८ का ३९ वर्षीय मिलन मेचेसहित चार जना पक्राउ परेका छन् ।

सुनसरीको इटहरी उपमहानगरपालिका-१ हलगडा चोकबाट ट्रामाडोल र डाइक्लोमाइनसहित मोरङको सुन्दरहरैँचा नगरपालिका-५ सिक्किमे चोकका ३१ वर्षीय पर्शुराम गुरुङ पक्राउ परेका छन् । इटहरी-२ बरगाछीबाट सोही ठाउँका २८ वर्षीय उज्ज्वल बुढाथोकी पनि पक्राउ परेका छन् । प्रहरीले उनीहरूले प्रयोग गरेका दुईवटा मोटरसाइकलसमेत बरामद गरेको जनाएको छ ।

यसैगरी, तनहुँको भिमाद नगरपालिका-६ शान्तिनगर टोलमा डेरा गरी बस्ने भिमाद नगरपालिका-३ जलौदीका ३१ वर्षीय शिव मल्ललाई फेनारगन, डाइजेपाम र बुप्रेनोर्फिनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०८३, शनिबार  ७ : २९ बजे

कांग्रेस सभापति गगन थापाले आज शपथग्रहण गर्दै

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले आज शनिबार

देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जनालाई पक्राउ

आजको मौसम : आज हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशका हिमाली तथा पहाडी

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ जफत गरी नष्ट

कर्णाली । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपालले क्यानडासँग खेल्दै, शीर्ष ६ मा स्थान सुरक्षित गर्ने अवसर

काठमाडौं । ओमानमा जारी आइसिसी विश्वकप लिग-२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत