५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

अस्ट्रेलियाको संसद् भवनमा पहिलोपटक नेपाली चलचित्र ‘एलिफेन्ट इन द फग’ प्रदर्शन गरिँदै



अस्ट्रेलियाको संसद् भवनमा पहिलोपटक नेपाली चलचित्र ‘एलिफेन्ट इन द फग’ प्रदर्शन गरिँदै

अस्ट्रेलिया। अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित नेपाली चलचित्र ‘एलिफेन्ट इन द फग’ आगामी अक्टोबर २६, २०२६ मा अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित संसद् भवनको थिएटरमा विशेष प्रदर्शन हुने भएको छ।

अभिनाशविक्रम शाहको निर्देशनमा तयार भएको उक्त चलचित्रको विशेष प्रदर्शन अस्ट्रेलिया–नेपाल संसदीय मैत्री समूहको आयोजनामा हुन लागेको हो। कार्यक्रमलाई क्यानबेरास्थित नेपाली दूतावास र फेडेरेसन अफ नेपाली कम्युनिटी एसोसिएसन अफ अस्ट्रेलिया (FeNCA)ले सहयोग गरेका छन्। प्रदर्शनको व्यवस्थापकीय जिम्मेवारी स्पिडविङ्स प्रालि अस्ट्रेलियाले सम्हालिरहेको छ।

स्पिडविङ्सकी प्रमुख कार्यकारी अधिकृत शान्ति ढकालका अनुसार कार्यक्रमको मुख्य उद्देश्य नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नु, मानवीय सहयोगका लागि आर्थिक स्रोत जुटाउनु र नेपाल तथा अस्ट्रेलियाबीचको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउनु हो।

विशेष प्रदर्शनमा अस्ट्रेलियाली संसद्का सदस्यहरू, कूटनीतिक नियोगका प्रतिनिधि, नेपाली समुदायका अगुवा, सञ्चारकर्मी तथा अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ।

कार्यक्रमका क्रममा नेपालका प्रधानमन्त्री राहत कोष र अस्ट्रेलियाको इमर्जेन्सी एक्सन एलायन्सका लागि सहयोग जुटाउने व्यवस्था पनि गरिनेछ। इच्छुक सहभागीले कार्यक्रमस्थलमा राखिने क्यूआर कोड स्क्यान गरेर मानवीय सहयोगमा योगदान दिन सक्ने आयोजकले जनाएको छ।

आयोजकका अनुसार अस्ट्रेलियाको संघीय संसद् भवनभित्र रहेको थिएटरमा प्रदर्शन हुन लागेको ‘एलिफेन्ट इन द फग’ पहिलो नेपाली चलचित्र हुनेछ। यो प्रदर्शनले नेपाली चलचित्रको अन्तर्राष्ट्रिय पहुँच विस्तार गर्नुका साथै अस्ट्रेलियामा नेपाली कला, संस्कृति र सिर्जनात्मक क्षेत्रको पहिचान बढाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।

क्यानबेराको विशेष प्रदर्शनपछि नोभेम्बर महिनामा अस्ट्रेलियाका प्रमुख सहरहरूमा समेत चलचित्र प्रदर्शन गर्ने तयारी भइरहेको छ। ती प्रदर्शनमार्फत थप दर्शकमाझ नेपाली चलचित्र पुर्‍याउनुका साथै मानवीय सहयोगका लागि आर्थिक स्रोत जुटाउने लक्ष्य राखिएको छ।

नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्दै सामाजिक सेवासँग जोड्ने यो पहल अस्ट्रेलियामा रहेका नेपाली समुदायका लागि पनि महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ। यसले नेपाल र अस्ट्रेलियाबीचको सांस्कृतिक सम्बन्धलाई थप नजिक ल्याउनुका साथै नेपाली सिर्जनालाई अन्तर्राष्ट्रिय दर्शकमाझ चिनाउन सहयोग गर्ने विश्वास गरिएको छ।

प्रकाशित मिति : ५ कार्तिक २०८३, बिहिबार  ८ : ०१ बजे

आईसीसी विश्वकप छनोटको प्लेअफ नेपालमा हुने

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गतको प्लेअफ प्रतियोगिता नेपालमा

साउदी अरबको तेल क्षेत्रमा ड्रोन आक्रमण हुँदा एक नेपालीसहित दुईको मृत्यु

काठमाडौं । साउदी अरबको तेल क्षेत्रमा ड्रोनलाई हवाई रक्षा प्रणालीले

तनहुँ हाइड्रोको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने

तनहुँ । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको

अस्ट्रेलियाको संसद् भवनमा पहिलोपटक नेपाली चलचित्र ‘एलिफेन्ट इन द फग’ प्रदर्शन गरिँदै

अस्ट्रेलियाको संसद् भवनमा पहिलोपटक नेपाली चलचित्र ‘एलिफेन्ट इन द फग’

दशैँ टीकाको दोस्रो दिन, आज पनि मान्यजनबाट टीका-जमरा ग्रहण गरिँदै

बुटवल । बडादसैँको टीकाको दोस्रो दिन आज पनि आफन्त तथा