११ भदौ २०८३, बिहिबार | August 27, 2026

सन्की मन्त्रीको गिर्दो मर्यादाः उत्कर्षमा आलेको अश्लीलता



काठमाडौं । गत फागुन पहिलो साता मजदुरीका लागि भारतमा रहेका अछामका जगत वलीसँग संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेमगरले गरेको कुराकानीको श्रव्यसामग्री बाहिरियो र ‘भाइरल’ पनि भयो । सो सामग्रीमा मन्त्री आलेले वलीलाई अश्लील शब्द प्रयोग गरेर गालीबेइज्जती गरेका थिए । मन्त्री आलेको लोकप्रियता देखेर तर्सिएकाहरू सुनियोजित रूपमा ‘डबिङ’ आवाज प्रयोग गरेर उनलाई बदनाम गर्न खोजेको दाबी उनको सचिवालयले गरेको थियो । यति गर्दा पनि सत्य ढाकछोप गर्न नसकिने अवस्था आएपछि उनी स्वयं मिडियामा आए । त्यसक्रममा उनले ती युवाले आफूलाई धेरै ‘टर्चर’ गरेका कारण बाध्य भएर गाली गर्न पुगेको बताए । सो सामग्री एक वर्ष पुरानो भएको भन्दै पन्छाउने कोसिस गरियो। घटना सामसुम पनि भयो ।

मन्त्री आलेको त्यस्तै खालको अर्को अश्लील हर्कत शुक्रबार सार्वजनिक भएको छ । उनले आफ्नै मन्त्रालयमातहतका एक उच्च अधिकारीमाथि अश्लील शब्दबाण प्रहार मात्र गरेका छैनन्, हातपात गर्नसमेत पुगेका छन् । मन्त्री आलेले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई अश्लील गाली गर्दै हातपात गरेका हुन् । उनको यो हर्कत सञ्चारमाध्यमबाट बाहिरिएको हो । सोही हर्कतका कारण उनको चर्को आलोचना भइरहेको छ । पीडामा परेका कार्यकारी अध्यक्ष अधिकारीले मन्त्री आलेले आफूलाई ‘गोलीसमेत हान्ने धम्की दिएको’ भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा शान्ति सुरक्षाको माग गरेर निवेदनसमेत दिएका छन् । नेपाल राष्ट्रिय कर्मचारी संगठन वायुसेवा निगम केन्द्रीय समिति, निगमकै कर्मचारी युनियन केन्द्रीय समिति, आधिकारिक ट्रेड युनियन र नेपाल वायुसेवा निगम कर्मचारी संघले छुट्टाछुट्टै विज्ञप्ति सार्वजनिक गरेर मन्त्री आलेको बर्खास्तीको माग गरेका छन् । सामाजिक सञ्जालमा समेत आलेको अश्लील शब्दोच्चारणसहितको दुर्व्यवहारको चर्को विरोध भइरहेको छ ।

मुखै अश्लील!

यी त भए बाहिर आएका घटना तर मन्त्री आलेबाट यस्ता हर्कत त पाइलापाइलामा हुने गरेको उनलाई नजिकबाट चिन्नेहरू बताउँछन् । मन्त्री आलेका मुखमा ‘मा…’ भन्ने शब्द त पहिल्यैदेखि झुन्डिएको उनीहरूको भनाइ छ । ‘रिस उठ्यो कि अश्लील शब्द निस्किहाल्छ, थोरै पनि सहने धैर्य छैन,’ जानकार स्रोतले भन्यो । पछिल्लो समय मन्त्री भएपछि उनको अश्लीलताको सिकार मातहतकै कर्मचारीहरू हुने गरेका छन् । जानकारहरूका अनुसार उनी कर्मचारीहरूलाई पुरै अपमानजनक व्यवहार गर्छन् । त्यसकारण सिंगो कर्मचारी क्षेत्र उनीदेखि त्रसित छ । ‘त्यो त एउटा घटना मात्रै हो । दिनहुँ त्यस्ता शब्द सुनिन्छन् हाम्रो मन्त्रालयमा,’ पर्यटन मन्त्रालयका एक कर्मचारी भन्छन्, ‘उहाँको त्यस्ता अश्लील शब्द प्रहार नपाउने सचिव, सहसचिव, उपसचिव कोही बाँकी छैनन् ।’ आजको नागरिक दैनिकमा अरूण बमले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ७ : ०४ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा बाँकेका २७ जना सम्पर्कविहिन (नामावलीसहित)

नेपालगन्ज । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा रहेका बाँकेका २७ जना

नेपालगन्जमा पुरुष यु-१८ अलनेपाल इन्टर स्कुल फुटबल प्रतियोगिताको ट्रफी अनावरण

नेपालगन्ज । विद्यालय तहका युवा फुटबल प्रतिभालाई पहिचान तथा प्रोत्साहन

बाढी प्रभावितको उद्धार र राहतका लागि वाणिज्य बैङ्कद्वारा तीन करोड सहयोग

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार गएको बाढीबाट प्रभावित नागरिकहरूको

विश्वका सबैभन्दा घातक हिमनदीजन्य ६ विपद्

बेइजिङ । नेपालको हिमाली सीमा क्षेत्र र त्यससँग जोडिएको तिब्बतमा

‘पार्वती’को पहिलो दिनको कमाइ भोटेकोशी बाढीपीडितलाई दिइने

काठमाडौं । नेपाली चलचित्र ‘पार्वती’ को निर्माण पक्षले चलचित्र देशैभरि