१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

फोहोर व्यवस्थापनमा चुक्दै बालेन, सरकार रमिते



काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन साह फोहोर व्यवस्थापनमा ‘असफल’ देखिएका छन् । लामो समयसम्म फोहोर व्यवस्थापन हुन नसकेपछि महानगरपालिकाका वडाहरू नै आलोचनामा उत्रिन थालेका छन् । उपत्यकाका चोक तथा सडकमा करिब एक महिनादेखि फोहोर थुप्रिएका छन् ।

लामो समय फोहोर उठ्न नसक्दा महानगरमा दुर्गन्ध फैलिएको छ । ‘फोहोरका कारण हैजा फैलन थालेको’ भन्दै विज्ञ चिन्ता व्यक्त गरिरहेका छन् । प्रमुख साह भने ‘लामो समय फोहोर नउठ्दा’समेत व्यवस्थापनमा सक्रिय नदेखिएको पाइएको छ ।

महानगर प्रमुख निर्वाचित भएलगत्तै सक्रिय देखिएका साहमाथि पछिल्लो समय भने ‘सम्झौताक्रममा गरेका प्रतिबद्धता पूरा गर्ने र समस्या समाधानमा निष्क्रिय देखाएको’ आरोप लागेको छ । नगरकार्यपालिकाको बिहीबार बसेको बैठकमा वडाध्यक्षले प्रमुख साहको ‘एक्लै हिँड्न खोजेको, सहकार्य नगरेको, फोहोर व्यवस्थापनसम्बन्धी काम’ जानकारी नदिएको’ भन्दै चर्को आलोचना गरेका छन् ।

वडा १० अध्यक्ष रामकुमार केसीले ‘प्रमुखले एक्लै हिँड्न खोज्दा समस्या समाधान हुन नसकेको’ भन्दै ‘टिमवर्कमा काम गर्न’ आग्रह गरेका छन् । ‘प्रमुख असफल भए सिंगो महानगर जनप्रतिनिधि असफल हुने’ उनको भनाइ छ । ‘पहिलो कार्यपालिका बैठकले फोहोरमैला व्यवस्थापनका लागि समिति बनाए पनि अहिलेसम्म बैठक नबोलाइएको’ समेत बैठकमा आलोचना भएको छ । कार्यपालिका सदस्यहरूले ‘गाईजात्रा, इन्द्रजात्राजस्ता पर्व आइसकेकाले रातारात फोहोर नउठाए समस्या आउने’ औंल्याएका छन् ।

केन्द्र सरकारप्रति आक्रोश

काठमाडौं महानगरपालिका वडा अध्यक्षहरूले केन्द्र सरकारको पनि विरोध गरेका छन् । फोहोर व्यवस्थापनमा ‘आवश्यक सहयोग नगरेको’ भन्दै कतिपय वडा अध्यक्षले चर्को आलोचना गरेका हुन् ।

वडा ३० अध्यक्ष दलबहादुर कार्कीले ‘काठमाडौंवासी अब केन्द्र सरकारविरुद्ध लाग्न बाध्य भएको’ बताए । ‘केन्द्र सरकारले महानगरलाई सहयोग गर्दैन भने फोहोर बाग्मतीमा बगाइदिनुपर्छ,’ उनको आक्रोश छ, ‘प्रमुख सा’ब अहिले गाडी निकाल्नूस्, अहिल्यै ट्रक लिएर त्यो युनपार्कबाट बाग्मतीमा फोहोर खन्याइदिऊँ । जसरी भए पनि काठमाडौंको फोहोर व्यवस्थापन हुनैपर्छ ।’ महानगरपालिकाले यसअघि फोहोर विसर्जन गर्ने नुवाकोटस्थित सिसडोल तथा बन्चरेडाँडा ल्याल्डफिल्ड साइटको बाटो निर्माणका लागि काठमाडौंबासीलाई एक साता घरमै फोहोर राख्न अनुरोध गरेको थियो ।

एक सातापछि फोहोर उठाउनेक्रममा बाटो बिग्रिएको, फोहोरका कारण प्रदूषण बढेकोजस्ता समस्या लिएर ल्यान्डफिल्ड साइटका स्थानीयले फोहोर बोकेका गाडी आवातजावत् अवरोध खडा गरेका छन् । गत सोमबार राति बन्चरेडाँडा सडकखण्डको ‘आलेटार’ भन्ने ठाउँमा अज्ञात समूहले काठमाडौंबाट फोहोर बोकेर गएका १४ वटा गाडी तोडफोड गरेपछि व्यवस्थापनमा थप जटिलता थपिएको छ । आजको राजधानी दैनिकमा टेनिस रोकाले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  ७ : ४७ बजे

डेविड मलानको अर्धशतकमा चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य

काठमाडौं । डेविड मलानको अर्धशतकको मद्दतमा चितवन राइनोजले नेपाल प्रिमियर

साउदी अरबमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन दूतावासको आग्रह

काठमाडौं । साउदी अरबमा बसोबास तथा रोजगारी गरिरहेका नेपाली नागरिकलाई

एनपीएल-३ को पहिलो अर्धशतक चितवनका मलानको नाममा

काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० को तेस्रो संस्करणमा चितवन

शुक्लाफाँटामा पर्यटक आवागमनमा वृद्धि : १३ दिनमा ६०० पर्यटक

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय

बाँकेको सैयापुर क्षेत्र पदयात्राको गन्तव्य

नेपालगन्ज । सैयापुर क्षेत्र हाइकिङ (पदयात्रा) लागि गन्तव्य स्थान बन्न