२६ असार २०८३, शुक्रबार | July 10, 2026

अछाममा एम्बुलेन्स चालकसहित १० जनामा कोरोना सक्रमण



अछाम । अछाममा एकै दिन १० जनामा कोरोना सक्रमण पुष्टि भएको छ ।

भारतबाट फर्केर मेल्लेख गाउँपालिका–४, कुष्कोटको क्वारेन्टानमा रहेका आठ जना र एम्बुलेन्स चालकलाई कोरोना सक्रमण भएको पुष्टि भएको छ ।

कुष्कोटको तीन स्थानका क्वारेन्टाइनमा रहेका ३०, २२, २९, ४०, ३५, २७, २४ पुरुष र २७ वर्षीया महिलामा कोरोना सङ्क्रमण भएको स्वास्थ्य कार्यालय, अछामका सूचना अधिकारी देव जोशीले जानकारी दिनुभयो ।

यस्तै, चौरपाटी गाउँपालिकाका–२ का ३२ वर्षिया र सदरमुकामस्थित मङ्गलसेन नगरपालिकाका २३ वर्षीय एम्बुलेन्स चालकलाई प्रादेशिक अस्पताल सुर्खेतमा पीसीआर परीक्षणका क्रममा कोरोना सक्रमण भएको पुष्टि भएको हो । कुष्कोटको क्वारेन्टाइमा रहेका २० जनाको स्वाब सङ्कलन गरिएकोमा अन्यको नेगेटिभ रिपोर्ट आएको छ ।

सोमबार चौरपाटी गाउँपालिका–२ का ३३ वर्षीय व्यक्तिलाई प्रादेशिक अस्पताल धनगढीमा पीसीआर परीक्षणका क्रममा कोरोना सक्रमण भेटिएको थियो । केही दिनअघि भारतबाट फर्कने क्रममा मेल्लेख–४, कुष्कोटका बुवाछोरीलाई धनगढीमा कोरोना सक्रमण पुष्टि भएको थियो । जिल्लामा हालसम्म जम्मा १३ जनामा सक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय, अछामले जानकारी दिएको छ ।

कोरोना सक्रमित पुष्टि भएका व्यक्तिसँगै क्वारेन्टाइनमा रहेका अन्य व्यक्तिको स्वाब सङ्कलनका लागि ल्याब टेक्निसयिनसहित स्वास्थ्य कार्यालयको टोली चौरपाटी र मेल्लेख गएको छ ।

सक्रमण पुष्टि भएका व्यक्तिलाई आइसोलेसनमा राखेर उपचार गर्ने तयारी भइरहेको बताइएको छ । स्वास्थ्य कार्यालयका प्रमुख झनकराज ढुङ्गानाको नेतृत्वमा चौरपाटी र जनस्वास्थ्य अधिकृत झपटराज ढुङ्गानाको नेतृत्वमा मेल्लेखमा टोली गइसकेको सूचना अधिकारी जोशीको भनाइ छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७७, मंगलबार  १ : २९ बजे

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जलनबाट घाइते भई निधन

नेप्से परिसूचक झिनो अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा चालु आर्थिक वर्ष २०८२/०८३ को

‘कालो चस्मा खोल्ने बेला आयो’ : गणेश नेपाली प्रकरणमा प्रधानमन्त्रीमाथि कांग्रेसको कडा प्रश्न

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आत्मदाह गरेका मुगुका

बाँकेमा सात हजारभन्दा बढी मेट्रिक टन मल वितरण

नेपालगन्ज । चालु आव २०८२/८३ मा बाँकेका सबै स्थानीय तहमा