२१ बैशाख २०८३, सोमबार | May 4, 2026

तातोपानीका मुहानैमुहान



रुकुमपूर्व । रुकुमपूर्वका धेरै ठाउँमा तातोपानीका मुहान छन् । विभिन्न खोला र सानीभेरी नदीका किनार गरी जिल्लाका पाँच ठाउँमा तातोपानीको मुहान भए पनि तिनको संरक्षण व्यवस्थापनमा भने समस्या छ ।

पुथाउत्तरगङ्गा गाउँपालिकामा मात्र चार र सिस्ने गाउँपालिकामा एक गरी जिल्लामा पाँच तातोपानीका मुहान छन् । पुथाउत्तरगङ्गा वडा नम्बर २ को जार्लुङ, ३ को रन्मा, ६ को डिमुरगैरा तथा १२ र १३ को ओख्मामा तातोपानीका मुहान छन् । सिस्ने गाउँपालिकाको वडा नम्बर ४ धाउने नजिकै सानीभेरी नदी छेउमै पनि तातोपानीको मुहान छ । यी पाँच मुहानमध्ये हालसम्म सिस्ने ४ को धाउनेस्थित सानीभेरीको किनारमा रहेको र पुथाउत्तरगङ्गाको डिमुरगैरा र जार्लुङमा रहेका तातोपानी मुहानको मात्र केही संरक्षणको काम गरिएको छ । पुथाउत्तरगङ्गा-१२ र १३ को ओख्मा र पुथाउत्तरगङ्गा-३ को रन्माको तातोपानीमा संरक्षणको काम गरिएको छैन ।

जिल्लामा यति धेरै तातोपानी मुहान हुँदा पनि पर्यटन प्रवद्र्धनका निम्ति र संरक्षणमा सरकारले चासो नदेखाएको गुनासो पुथाउत्तरगङ्गा १३ का तेजेन्द्र श्रीर्पालीले गरे । “संरक्षणका लागि बजेट आउँछ” उनले भने- “तर दीर्घकालीन योजनासाथ सरकार अघि बढ्न नसक्दा संरक्षणको काम टालटुले मात्र हुने गरेको छ ।” श्रीर्पाली मात्र नभई यहाँका स्थानीयवासीले जिल्लामा तातोपानीको मुहान धेरै ठाउँमा भए पनि संरक्षणमा सरकारको चासो कम भएको भनी गुनासो गर्ने गरेका छन् ।

पुथाउत्तरगङ्गा गाउँपालिकाले स्वास्थ्य पर्यटनका लागि यी मुहानको संरक्षण र प्रचारप्रसारको प्रयास गरिरहेको गाउँपालिका अध्यक्ष पुनिराज घर्ती मगरले बताए । आजको गोरखापत्र दैनिकमा यो समाचार प्रकाशित छ ।

 

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ६ : ५७ बजे

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

गुल्मी । यहाँको छत्रकोट गाउँपालिकाले आजदेखि नयाँ प्रशासनिक भवनबाट सेवा

खजुरा क्षेत्रको राजमार्ग फराकिलो बनाउन माग गर्दै स्थानीयबासीको ज्ञापनपत्र

खजुरा । बाँके खजुराका स्थानीयबासीले नेपालगन्ज-गुलरिया सडक खण्डको खजुरा बजार

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा

बुटवलमा दोस्रो संस्करणको राष्ट्रिय महिला फुटबल प्रतियोगिता बैशाख २६ गतेदेखी

बुटवल । बीस पचहत्तर युवा परिवार बुटवलको आयोजनामा दोस्रो संस्करणको

संविधान संशोधन कार्यदलले पूर्वराष्ट्रसेवकसँग छलफल गर्दै

काठमाडौं । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले