१६ श्रावण २०८३, शनिबार | August 1, 2026

खोटाङमा बढ्दै डेंगु संक्रमित



खोटाङ । खोटाङमा दैनिकजसो डेंगुका बिरामी भेटिन थालेका छन् ।

गत भदौ १४ गते यता जिल्लामा २३ जनालाई डेंगु पुष्टि भइसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । एकैदिन तीन-चार जनासम्म डेंगुका बिरामी भेटिन थालेका छन् । शनिबार मात्र चार जनालाई डेंगु पुष्टि भएको छ ।

कुल संक्रमितमध्ये १२ पुरुष र ११ महिला छन् । ३ वर्षदेखि ७९ वर्षसम्मका स्थानीय बिरामी डेंगुबाट संक्रमित भएको पाइएको छ । जिल्लाका १० स्थानीय तहमध्ये अधिकांश बिरामी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका १५ जनालाई, साकेला गाउँपालिकाका ३ जना, ऐसेलुखर्क गाउँपालिका, केपिलासगढी गाउँपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका र रावाबेँसी गाउँपालिकाका एक÷एक जनालाई डेंगु पुष्टि भएको छ ।

परिक्षणका क्रममा ओखलढुंगाको सिद्धिचरण नगरपालिका–२ का २५ वर्षकी महिलालाई पनि डेंगु देखिएको छ । डेंगु संक्रमित बिरामीलाई उच्च ज्वरो आउने, टाउको दुख्ने, जीउ दुख्ने र आँखा पछाडिको भाग दुख्ने लगायतका लक्षण देखिने गरेको जिल्ला अस्पतालका डा नितु लामाले बताइन् ।

सिकिस्त अवस्थाका बिरामीलाई अस्पतालमा भर्ना गरेर उपचारको प्रवन्ध मिलाइएको छ । शरीरमा सेतो रगत कम भएका १५ वर्षका एक बिरामीलाई भने अन्यत्र रेफर गरिएको अस्पतालले जनाएको छ । यो सिजनमा खोटाङमा विगतका वर्ष पनि डेंगुका बिरामी भेटिने गरेको छ ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ६ : ५२ बजे

रुइला र ङुइला नाका खुलेपछि उत्तरी गोर्खाका स्थानीय हर्षित

काठमाडौं । चीनको स्वशासित क्षेत्र सिजाङ (तिब्बत)सँग जोडिएका रुइला र

नेपाली महावाणिज्य दूतावासको सेवा प्रभावकारिताबारे छलफल

काठमाडौं । दुबईस्थित नेपालको महावाणिज्य दूतावासले सेवा सञ्चालनको एक वर्ष

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

विश्व स्तनपान सप्ताह आजदेखि मनाइँदै

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ),

धनुषा र सिरहा कर्फ्यु : बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने

जनकपुरधाम । धनुषा र सिरहा जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न